भण्डारा शिखरवस्ती खानेपानीको साधरणसभा सम्पन्न

राप्ती । भण्डारा शिखरवस्ती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौ साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार शिखरवस्ती आधारभुत विद्यालयमा भएको सभामा वागमती प्रदेशका सांसद जिएन थपलिया प्रमुख अतिथि रहेको थिए । थपलियाले खानेपानीको महत्व र त्यसको आवश्यकताको बिषयमा जानकारी दिएका थिए । उनले यस खानेपानीलाइ यसअघि पनि प्रदेश सरकारले सहयोग गरेको र अव पनि गर्ने प्रतिवद्धता जनाए । उनले कसरी हुन्छ खानेपानीको लागी सरकारले हसयोग गर्नुपर्ने बताए । कार्यक्रममा संस्थापक सचिव समेत रहेका पुर्व उपमेयर इमानसि लामाले पहिले खानेपानीको अभियान ल्याउदा कसैले पनि नमानेका र अहिले आफुहरुले गरेको दुखले सार्थकता पाएको बताए । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ५ का अध्यक्ष सिताराम वलले वडा सरकारले समेत खानेपानीको शुल्क अनुदान दिएको बताए । उनले अहिले प्रति घरधुरीलाइ ५० प्रतिशत अनुदान दिएको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष एकराज खरेलले स्थापना कालदेखिनै खानेपानीको लागी के कस्ता काम गरिएको छ भन्ने बिषयमा जानकारी गराएका थिए । उनले अहिले सम्म संस्थाको प्रगती र संस्थाले गरेका राम्रा कामको बिषयमा उपभोक्तालाइ प्रकाश गरेका थिए । निलिमा लामाले संचालन गरेकी कार्यक्रममा बार्षिक प्रगती प्रतिवेदन, आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानिय राजनैतिक दलका प्रतिनिधि सहितको उपभोक्ताहरुको उपस्थिती रहेको थियो । संस्थाको नया कार्यसमितीको लागी बिष्णु राज पाठकको संयोजकत्वमा ३ सदस्यीय निर्वातन समिती गठन गरिएको छ । समितीमा निशा लामा र गोमनसिं लामा सदस्य रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार