राप्ती । राप्ती–७ स्थित डुँडगाँउमा विद्युत पोलहरु ढल्किएर सवारीसाधन बाटोमा आवतजावत गर्न समेत तारमा छुने डरले गाउँबासीहरु त्रसित थिए । उनीहरु समस्या लिएर धेरै पटक विद्युत कार्यालय धाउनु पर्दा निकै सकस परेको थियोे । उक्त स्थानहरुमा स्थानीयबासीहरुको आग्रहमा राप्ती नगरपालिकाका पूर्व उप प्रमुख ईमान सिंह लामा र सामाजिक अभियन्ता समाजसेवी नगेन्द्र अधिकारीको बिशेष पहलमा ढल्किएर खतरा अवस्थामा रहेको विद्युत पोलहरुलाई सिधा पार्ने काम गरिएको छ ।
सो स्थानको अति आवश्यक ठाउँमा विद्युत पोल थप गरी विद्युतीकरणलाई व्यवस्थित गरिएको छ । अहिले पोलहरुको व्यवस्थापन भएपछि स्थानीयहरुमा खुशी छाएको छ । धेरै बर्ष अघि देखिको समस्या समाधान भएको उनीहरुको भनाइ छ । उनीहरुले पहलकर्ता लामा र अधिकारीलाई धन्यवाद व्यक्त गरेका छन् ।