कालिका वनको निर्वाचन २६ जेठमा अध्यक्षमा ४ जनाको उम्मेदवारी

spot_img

राप्ती । राप्ती नगरपालिका ८ स्थित कालिका सामुदायिक वन उपभोक्ता समुहको नयाँ नेतृत्व चयनका लागि यहि जेठ २६ गते मतदान हुदैछ । नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भएर अन्तिम नामावली प्रकाशित समेत भएको छ । अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । वर्तमान कार्यसमिति अध्यक्ष माधव गिरि सहित ४ जनाको उम्मेदवारी परेको हो । निर्वाचन समिति संयोजक राजकुमार कडेलका अनुसार अध्यक्षका लागि गिरि सहित रामपुकार पाठक,अर्जुन प्रजा र श्यामकुमार चौधरीको उम्मेदवारी दर्ता गरेका हुन् । एक उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा सियन कुमार चौधरी र सक्कली बिकले उम्मेदवारी दिएका हुन् । सचीवका लागि तीन जनाको उम्मेदवारी परेको छ । सन्तोषी बास्कोटा सेढाई,प्रकाश उप्रेती र प्रेम बहादुर तामाङले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति संयोजक कडेलले बताए । एक सहसचिवका लागि शिवराज धरेल र धनविर चौधरी तथा कोषाध्यक्षका लागि हरिमाया तामाङ र मायादेवी जैसिको उम्मेदवारी परेको छ । ५ जना सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन तालिका अनुसार आइतबार निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन समिति संयोजक कडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार