राप्ती । राप्ती नगरपालिकाको नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने भएको छ ।सेवाग्राहीको अत्याधिक चासो रहेको स्वास्थ्य बिमा कार्यक्रम बिगत एक बर्ष देखि माग गरिए पनी बिमा बोर्ड द्वारा अनुगमन हुन नसक्दा कहिले सुरु हुने अन्यौल भएको थियो । बोर्ड द्वारा बिहिवार अनुगमन गरिए पश्चात् कार्यक्रम लागू गर्ने प्रयास सफल हुने देखिएको हो । स्वास्थ्य विमा वोर्डका कार्यकारी निर्देशक डा दामोदर बस्यौला, कार्यकारी सदस्य चन्द्र थापा र प्रवक्ता सुरेश ज्ञवाली सहितको टोलिले अस्पतालको भौतिक तथा सेवा सुबिधाको अनुगमन गरि आवस्यक निर्देशन दिएको छ । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले अव केहि आसा बढेको बताए । अव आवश्यक प्रकृया पुरा भएपछि स्वास्थ्य विमा सुरु हुने बताए । अनुगमन पश्चात् टोलिले नगर प्रमुख शमशेर लामा, स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने, अस्पताल प्रमुख डा बिनोद रिजाल लगायतको टिमसग छलफल गरेको थियो । छलफलमा अस्पतालको नयाँ भवन तुरुन्तै प्रयोगमा ल्याउने, डिस्प्ले बोर्ड, अनलाइन प्रबिधी जडान गर्ने, अस्पताललाई आवस्यक पर्ने केमिकल तथा सरसफाइका सामाग्रीहरु खरिद गर्ने, रेडियोलोजिस्टको प्रवन्ध गर्ने जस्ता बिषयमा कुराकानी भएको नगर प्रमुख शमशेर लामाले बताए । स्वास्थ्य बिमा लागू गर्न सकिए धेरै सेवाग्राहीले आफ्नै ठाउँबाट सेवा लिन सक्ने र निर्वाचित भए पश्चात् आफुहरुले गरेको प्रतिबद्धता पूरा हुने लामाको भनाइ छ । अस्पतालमा कार्यरत जनशक्ति र भौतिक पुर्वाधार अहिलेको अवस्थामा सन्तोषजनक रहेकोले बिमा बोर्ड द्वारा दिएको अन्य निर्देशन केही दिनमै पालना हुने राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताए । उनले भने ‘हामी मानसिक हिसाबले पहिलेनै तयार रहेकोले ठूलो समस्या रहेन । अब बाकी रहेका समान्य प्रावधानहरु केही दिनमै पूरा गर्छौ’ यस भण्डारा अस्पतालमा मकवानपुरको मनहरी तथा राक्सिराङ्ग गाउँपालिका र राप्ती नगरपालिकाको बिरामीहरुले सेवा लिन्छ्न । एक वर्ष अघि सेवाग्राहीहरुको खासै आकर्षण नदेखिएपनी आजकल उपचार तथा परामर्शको लागि आउनेहरु दिनहु बढ्दो छ । २४ घण्टे सेवा, नयाँ भवन, भिडियो एक्स रे र अत्याधुनिक ल्याब स्थापना गरिएसगै सेवाग्राहीको बिश्वास बढ्दै गएको हो ।