राप्ती । राप्ती नगरपालिका वडा नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमात सेढाइको सभापतित्वमा वडा कमिटी गठन गरेको छ । सेढाइ रा स्व पामा गएसंगै चर्चा सुरु भएका छन । उनि नेकपा एमाले निकटका नेता हुन । उनी २०७४ अघि सम्म राजनीतीमा सक्रिय रहेका थिए । २०७४ को स्थानिय निर्वाचन पछि भने उनको सक्रियता कम भएको हो । राजनीतीमा उनको सक्रियता कम भएपनि उनको सामाजिक काममा भने सक्रियता बढी रहेको थियो । उनले विभिन्न आफु रा स्व पा को नेतृत्वमा लागेको बताए । उनीसंगै वडा नं ४ का सक्रिया राजनीतीक दलका अगुवा नेता रा स्व पामा लागेका छन । सेढाइको रा स्व पामा भएको इन्ट्रिलाइ सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी समेत आएको छ । उनि केहि सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका थिए । उनलाइ अधिकांशले भने शुभकामना दिएका छन । उनले देशको असल नेतृत्वको लागी आफुले वडा वाटनै अभियान सुरु गर्ने बताए । सामाजिक काममा जसरी सक्रिय थिए अव रा स्व पा वाट सामाजिक र राजनैतिक दुवै काममा आफ्नो बराबरी सहभागिता रहने बताए छन ।