नेकपा एकिकृत समाजवादीको प्रशिक्षण कार्यक्रम सम्पन्न।

राप्ती । नेकपा एकिकृत समाजवादीका नेता एवं बागमती प्रदेश सांसद कृष्ण प्रसाद खनालले जनप्रतिनिधिको जिवनशैली सामान्य र जनताले पचाउन सक्ने हुनुपर्ने बताएका छन । शनिवार एकिकृत समाजवादी राप्ती नगर कमिटीको नगरस्तरिय प्रशिक्षण कार्यक्रममा सांसद खनालले जनताले जिएका र विश्वास गरेका नेताले आफ्नो आचरण र जिवनशैलीमा खास महत्व दिनु पर्ने बताए । साधरण भन्दा पनि साधरण जनताको आखामा रहन सक्ने र उहाहरुले विश्वास गर्न सक्ने खालको हुनुपर्ने बताए । यो संगै राप्ती नगरपालिकामा पार्टीको नगरस्तरिय अधिवेशन हुदैछ । राम सेढाइको अध्यक्षतमा बनेको आयोजक कमिटीले चाडै पार्टीको अधिवेशन गर्ने सेढाइले बताए । उनले राप्ती नगरपालिकामा रहनु भएका समाजवादीका साथीहरुलाइ समेटेर अघि बढ्ने बताए । बलियो पार्टीको रुपमा विस्तार गरिने र पार्टीले देखाएको वाटोमा हिड्ने बताए । कार्यक्रममा एकिकृत समाजवादीका केन्द्रिय सदस्य हरी पराजुली, पोलि व्युरो सदस्य कुष्ण पन्त, जिल्ला अध्यक्ष अरुण पिडित भण्डारी लगायतका जिल्ला तथा क्षेत्रिय नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमा भण्डारा तरकारी मण्डीमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार