देशमा थपियो १७ नयाँ जातजाति, १४२ पुग्यो जातजातिको संख्या।

नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ। वि .सं २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा / विज्ञ समूहको सिफारिसका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो।

साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ।

कार्यालयका अनुसार वि .सं २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरुको सङ्ख्या न्यून भएकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार