एकीकृत समाजवादी चितवनको बैठक सम्पन्न प्रचार विभागमा हरि अधिकारी।

चितवन । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी )  चितवनको प्रचार प्रसार विभाग प्रमुखमा हरि अधिकारी चयन हुनु भएको छ  ।  भरतपुरमा  बिहीबार सम्पन्न बैठकले हरि अधिकारीलाई प्रचार विभाग प्रमुखमा छनोट गरेको जिल्ला अध्यक्ष अरुण पीडित भण्डारीले जानकारी दिनु भयो  ।

बैठकमा अध्यक्ष भण्डारीले पार्टी सुदृढीकरणका प्रचार प्रसारको मुख्य भूमिका हुने भएकोले जिम्मेवारीलाई कुशलता पूर्वक बहन गर्न सुझाव दिनुभयो  । पार्टीको हरेक गतिविधिलाई प्रचार प्रसार विभागले सूक्ष्म ढंगले रिपोर्टिङ गर्नुपर्ने साथै प्रचार रणनिति तय गरी अगाडि वढ्नु पर्ने उहाँको  आग्रह थियो ।

उनले विभागलाई सशक्त ढंगले अगाडि लैजान पार्टीको पूर्ण सहयोग रहने आश्वासन दिए । प्रचार प्रसार विभागका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री व्यवस्थापन गर्ने र निकट भविष्यमै कार्यालय स्थापना गरी अघि बढाइने प्रतिबद्धता जनाउनु भयो  ।

बैठकले समाजवादी प्रेस संगठनको जेठ मसान्तभित्रै प्रथम साधारण सभा तथा अधिवेशन गर्ने निर्णय पनि गरेको छ । उक्त साधारण सभामा नयाँ सदस्यता वितरण गर्ने, सदस्यता विस्तारका लागि सबै एकढिक्का भएर अघि बढ्ने निर्णय गरिएको थियो ।

बैठकमा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य हरि पराजुली, जिल्ला सचिव कुलप्रसाद लामिछाने, समाजवादी प्रेस संगठनका टिकादत्त तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार