राप्ती । राप्ती नगरपालिका वडा नं ८ मा रहेको भगवती दुग्ध उत्पादक सहकारी संस्था लि किसानलाइ काउ म्याट वितरण गरेको छ । पशु पक्षिं शाखा राप्ती नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानलाइ काउ वितरण गरेको वडा नं ८ का वडा सदस्य एवं सहकारीका अध्यक्ष दिपक अधिकारीले बताए । उनका अनुसार किसानले गाइ पालनको आधारमा काउ म्याट वितरण गरिएको बताए । उनका अनुसार किसानलाइ ५० प्रतिशत र शाखाले ५० प्रतिशत लगानी गरिएको बताए । ३७ जना किसानलाइ म्याट वितरण गरिएको छ । कोहिले एक वटा त कोहिले ४ वटा सम्म म्याट लगेका छन । प्रति म्याटको मुल्य ६ हजार रुपैया पर्ने अधिकारीले बताए । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ८ का अध्यक्ष आफै उपस्थित भएर म्याट वितरण गरेका हुन । उनले वडा नं ८ का जनताको हरेक समस्यामा वडाले सहजीकरण गरि दिने बताए । यसका लागी आवश्यक पहल गर्ने बताए । वडामा रहनु भएका किसानहरुको लागी पनि वडाले सम्वीन्धीत निकायमा सहकार्य गरी किसानमुखि काम गर्ने बताए । म्याट पाएपछि किसान खुशि भएका थिए ।