वडा अध्यक्ष वलीको पहलमा शैक्षिक सामाग्री वितरण।

राप्ती । राप्ती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त वली र कोरीयामा कार्यरत उनका दाजु जगन्नाथ वलीको संयुक्त पहलमा शैक्षिक सामाग्री वितरण गरिएको छ । राप्ती–२ मा रहेको भोलेबाबा आधारभूत विद्यालयमा अध्ययनरत ३२ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु कपी, कलम, ब्याग सहित ड्रेसका सामाग्री शर्ट, पाइन्ट, जुत्ता र मोजा वितरण गरिएको छ । यसभन्दा अघि पनि विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई आफ्नो बुबाको स्मृतिमा वलीले सामाग्रीहरु वितरण गर्दै आएका थिए । बुधबार सो विद्यालयलाई १ लाख ५० हजार बराबर रकमको शैक्षिक सामाग्री र ड्रेस वितरण गरिएको हो । विद्यालयले सहयोग पाउँदा आफूहरुलाई खुशी लागेको विद्यालयका प्रधानाध्यापक रामहरि पाठकले बताए । विद्यालयमा धेरै विपन्न विद्यार्थी भएकोले यस्तो सहयोग आवश्यक भइरहेको उनले बताएका छन् । होप ट्री संस्थाले विद्यार्थीहरुलाई सहयोग गरेको वडा अध्यक्ष वलीले बताएका छन् । बाँकी विद्यार्थीहरुलाई पनि सहयोग गरिने उनले बताएका छन् । विद्यार्थीलाई पढ्नको लागि उचित वातावरण तयार गर्न अभिभावकहरुमा उनले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार