कालिका सामुदायिक वनको अध्यक्षमा ५ जनाको उम्मेदवारी।

राप्ती । कालिका सामुदायिक वनको नेतृत्वको लागी ५ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन । निर्वतमान अध्यक्ष माधव गिरीसंगै अन्य ४ जनाको उम्मेदवारी परेको हो । अध्यक्षमा राम पुकार पाठक, अर्जुन प्रजा, श्याम कुमार चौधरी र शिवराज अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका हुन । अधिकारी यसअघि वनको सचिव रहेका थिए । उपाध्यक्षमा ३ जना , सचिवमा ३ जना, कोषाध्यक्ष २, सह सचिवमा २ जनाको उम्मेदवारी परेको हो । वाकि सदस्य पदमा उम्मेदवारी परेको छ । विहिवार ३६ जनाले उम्मेदवारी दिएको निर्वाचन समितीका संयोजक राजकुमार कडेलले बताए । कडेलका अनुसार शुक्रवार उम्मेदवारी माथी दावी विरोधी र फिर्ता लिइन पाइनेछ । यसका अलवा शनिवार अन्तिम नामावली प्रकाशित गरिने बताए । १९ सय १७ जना उपभोक्ता रहेको वनको निर्वाचन जेठ २६ गते हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार