गर्मी बढेपछि राप्तिमा ५ दिन विद्यालय बिदा

चितवनको राप्ती नगरपालिकाले अत्याधिक गर्मिहुन थालेपछी विद्यालयहरुमा बिदा दिएको छ ।

बढ्दो गर्मिका कारण विद्यार्थीहरु प्रभावित हुन थालेपछी पाँच दिनका लागि विद्यालयहरुमा बिदा दिइएको हो । केही दिनयता गर्मी निकै बढेको र विद्यार्थी लाई आउन जान र पठनपाठनमा प्रतिकुल असर पर्न थालेपछी सामुदायिक र सस्थागत विद्यालयहरुमा जेठ १९ देखि २४ गतेसम्म बिदा दिइएको राप्ती नगरपालिकाकि शिक्षा अधिकृत रविना देउजाले जानकारी दिईन ।

१९ गते विद्यालयले प्रयोग गर्न पाउने गरि पाँच दिनको स्थानीय बिदा कटौती हुने गरि एक दिन र २१ गतेदेखि २४ गतेसम्म साउन महिनामा दिइने बर्षे बिदाबाट कटौती हुने गरि पाँच दिन बिदा दिइएको शिक्षा अधिकृत देउजाले बताइन् । गर्मिका कारण विद्यार्थीहरु बिरामी पर्न थालेको फोन आउन थालेको उनले बताईन । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै बिदा दिइएको जनाएको हो ।

राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बढ्दो गर्मिका कारण विद्यालय बिदा दिइएको भन्दै यो समयमा स्वास्थ्यको ख्याल गर्दै घरमै आफ्ना बाबुनानिको अध्ययनमा सहयोग गर्न आग्रह गरेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार