राप्ती । तिर्थ यात्राको लागी गएका राप्ती ४ का वडावासी दुर्घटनामा परेका छन । अहिले उनिहरुको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मंगलवार नवलपरासी जिल्लाको भुमरीघाट तिर्थस्थल स्नानको लागि गएको गाडी दुर्घटना भए पछि २२ जना घाइते भएका थिए । उपचारार्थ घाइतेहरुलाइ राप्ती नगरपालिकाका जनप्रतिनिधिले भेट गरेका छन । अस्पतालमानै पुगेर पुर्व प्रदेश अर्थमन्त्री जिएन थपलियाले भेटेका हुन । नगर प्रमुख शमशेर लामा अस्पतालनै पुगेर घाइतेको अवस्था बुझेका हुन । उनले अस्पताल प्रशासनलाइ उपचारमा कमि नगर्न अनुरोध गरेका थिए । यसैविच राप्ती नगरपालिका वडा नं ४ का अध्यक्ष केदार प्रसाद आचार्यले उपचारमा रहेका घाइते आफ्ना वडावासीलाइ भेटेका छन । उनले राम्रो उपचार हुने भन्दै नआत्तिन अनुरोध गरे । राप्तीका पुर्व उपप्रमुख इमानसि लामाले घाइते भएका जनतालइ भेट्नु हुदै अचानक भएको दुर्घटनाको धैयताका साथ सामना गर्नुपर्ने बताए । उनले उपचार ध्यान दिनुपर्ने र अहिले आराम गर्नका लागी अुनुरोध गरेका हुन ।