राप्तीमा जिल्ला समन्वय समिती चितवनको जम्वो टोली

राप्ती । जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण अधिकारी सहित सम्पुर्ण सदस्यहरु राप्ती नगरपालिकाको विभिन्न क्षेत्रमा अनुगमन गरेका छन । राप्ती नगर प्रमुख शमशेर लामासंग अधिकारी सहितको टोलिको भेट भएको हो । आउदो आर्थिक बर्ष २०८०÷०८१ मा पालिकाको लागी आवश्यक बजेट र यस अघि आएका योजनाको बिषयमा छलफल भएको हो । जिल्ला समन्वय समितीले राप्तीको विकास निर्माणको आवश्यक समन्वय गरेको र थप प्रभावकारी बनाउन के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको प्रमुख लामाले बताए । लामाका अनुसार नगरका विभिन्न भौगोलिक संरचनामा जिल्ला समन्वय समितीको महत्वपुर्ण सहयोग रहेको छ । राप्तीका केहि वडा कार्यालय र अन्य विकासका काममा समितीले विभिन्न योजना दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार