राप्ती ।
लायन्स क्लब अफ चितवन राप्ती, सशस्त्र प्रहरी कार्यालय वाहिनी र ईलाका प्रहरी कार्यालय भण्डाराको संयुक्त आयोजनामा लायन्स क्लब अफ चितवन राप्तीका चार्टर सदस्य तथा युवा सामाजिक अभियनता लायन नगेन्द्र अधिकारीको शुभ जन्मोत्सवको अवसरमा सरसफाई तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरिएको छ । विरेन्द्रनगर चोकदेखि खुरखेर सम्म सरसफाइ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राप्ती नगर प्रमुख शमशेर लामाले सामाजिक काममा युवा सहभागिता रहेको भन्दै खुशि व्यक्त गरे । उनले सामाजिक काममा यसरी युवा परिचालन हुनु राम्रो कुरा हो । यस्तो कामको लागी नगर सधै सहयोगको लागी तत्पर रहने बताए । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले वडा कार्यालयले गर्नुपर्ने काम युवा जमातले गरेकोमा खुशि व्यक्त गरिन । उनले सामाजिक अभियान्त अधिकारी समुदायको उदारणिय युवा रहेको बताइन । वडा नं ८ का अध्यक्ष पुर्ण प्रसाद आचार्यले सामाजिक काममा युवा सहभागिता हुनुपर्ने बताए । युवाको नेतृत्वले समुदायको विकास पक्का हुन्छ भन्दै आचार्यले यसका लागी वडाले सधै सहयोग गर्ने बताइन । यसैविच सामाजिक अभियान्ता अधिकारीले मातृसहयोग प्रा बि राप्ति ७ बाट केक काटेर बिद्यालयका विद्यार्थीहरु लाई कापी कलम वितरण गरेका थिए । उनले वीरेन्द्रनगर चोकमा रहेको प्रतीक्षालयमा बाँस बस्ने गरेका बेबारिसे मानिस हरुलाइ खाजा समेत सप्रेम सहयोग गरेका थिए । उनले समाजिक कार्य अफनो पेनसनबाट आउने रकमले गएको बर्ष देखि सामाजिक काममा सहयोग गर्न थालेका हुन । विभिन्न खेलकुद संस्थाका युवाहरुलाई प्रोत्सहान गर्न खेलकुद सामाग्रि साथै विभिन्न समहहरुलाई सांस्कृतिक सामाग्रि सहयोग गरेका छन् । उनले विरेन्द्रनगर चोकमा ट्राफिक ब्यवस्थापन चिन्ह भएका बोर्डहरु र अध्यारो ठाँउमा बती पुर्याएर उज्यालो प्रदान गर्ने काम गरेका छन् । उँहा अवकास प्राप्त सशस्त्र प्रहरी हुन् । उनि शसश्त्र प्रहरीमा कार्यरत रहदा पनि सामाजिक कार्य गर्दे आएका थिए साथै आगामि दिनहरुमा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले नगर प्रमुखको सुझावको सम्मान गर्दै भण्डारा अस्पतालमा गई फुल बडी चेकअप समेत गराएका थिए । कार्यक्रममा बजार ब्यवस्थापन समिति र टोल विकास समितिलाई डस्टविन हस्तानतरण गरिएको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख श्याम मणी पोखरेल, सशस्त्र प्रहरीका निरिक्षक पुर्ण तामांग, अतिथिमा लायन क्लब अफ चितवन विरेन्द्रनगरका अध्यक्ष लायन हरिशरण डल्लाकोटी, लायन क्लब अफ चितवन स्टारका अध्यक्ष प्रशान्त अधिकारी, रोटरी क्लब अफ पुर्वी चितवनका अध्यक्ष काशीराम पुन, सभापति प्रभात सेढाई र सञ्जय कालाखेती, बजार ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर आचार्य, स्थानियवासी लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रम लायन दिनेश सेढाईको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रम संचालन लायन्स क्लब अफ चितवन राप्तीका सचिव समिर न्युरेले गरेका थिए ।
सामाजिक अभियान्ता अधिकारीले जन्मदिनमा सरसफाइ गरे
