राप्तीमा विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप सम्पन्न

राप्ती नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले अतिरिक्त क्रियाकलाप अन्र्तगत विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ । शाखाले आयोजना गरेको चित्रकला प्रतियोगितामा दर्शन एकाडेमीका फेमश तामाङ्ग प्रथम भएका थिए । प्रतियोगितामा आइरिस अकाडमीका रेमन राई दोस्रो, भण्डारा मा .बिकी बिनिसा जर्गा मगर तेस्रो र सान्त्वना पुरस्कार भने बुद्धशान्ती मा.वि की सुमिता मोक्तान भएकी थिइन । यो संगै माध्यमिक तह वादविवाद प्रतियोगिताको प्रथम संगम इटनी, आइरिस आकाडमी, दोस्रो ठगराज आचार्य, मा बि ब्रह्मनगर, तेस्रो बिनिसा सापकोटा साकुरा एकेडेमी र सान्त्वना रश्मि बगाले, आदर्श बिध्याश्रम वाट भएका थिए । अतिरिक्त क्रियाकलाप अन्र्तगत निबन्ध लेखन (कक्षा ६ देखि ८) प्रतियोगिताको नतिजा अन्र्तगत प्रथम सम्झना सापकोटा, बिद्या मेमोरियक स्कुल, दोस्रो ग्रेस सिलवाल, साङ्ग्रीला ई.बो.स्कुल , तेस्रो युनिसा सेढाई ,साङ्ग्रीला ई.बो.स्कुल र सान्त्वना सृष्टि भट्ट ,आइरिस अकाडमि वाट भएका हुन । विजयी सम्पुर्णलाइ भने नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको शिक्षा अधिकृत रविना देउजाले बताइन । अतिरिक्त क्रियाकलाप अन्र्तगत शाखाले नाटक मञ्चन समेत गरेको थियो । सरुभक्तको अप्रकाशित कृती आधा मरेका मान्छे नाटक मञ्चन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार