महिला मात्रै उपभोक्ता समुहमा रहेको बम्ह्रस्थानी मार्ग ढलान सम्पन्न

spot_img

महिला मात्रै उपभोक्ता समुहमा रहेको बम्ह्रस्थानी मार्ग ढलान सम्पन्न राप्ती । राप्ती ३ की महिलाहरुको उपभोक्ता समुहले निर्माण गरेका ढलान बाटो सम्पन्न भएको छ । राप्ती नगरपालिकाको कार्यालयले विनियोजन गरेको रकमलाइ दिपा सुवेदीको नेतृत्वमा निर्माण भएको उपभोक्ता समुहले समयमानै काम सम्पन्न गरेका छन । यो कामसंगै महिला नेतृत्वले आफ्नो जिम्मेवारी समयमानै पुरा गर्न सक्छन भन्ने उदारहण हो । वडाको बम्हस्थानी ढलान मार्ग निर्माणको लागी ९ लाख ८० हजार ५ सय ३७ रुपैया नगर वाट र वाकि १ लाख ७ हजार ५ सय ३७ रुपैया श्रमदान गरी निर्माण सुरु भएको ढलानको काम आइतवार सम्पन्न भएको हो । ढलानको काम बनेसंगै बर्खामा हिलाम्मे हुने सो वाटो भने सहज हुने पक्का भएको छ । उपभोक्ता समितीकी अध्यक्ष सुवेदीका अनुसार ढलानको जिम्मा हामीसवैले जिम्मा लिएपछि समयमानै काम दिनुपर्ने र गुणस्तरिय काम दिनुपर्छ भन्ने लागेपछि काम सम्पन्न गरेका हौ । सवै मापदण्ड पुर्याएर जनप्रतिनिधि विचमानै हामीले काम गरेका छौ । जेठ मसान्त सम्म काम गरि सक्नुपर्ने समयसिमा रहेको थियो । हामीले सो समय भन्दा अगाडी काम पुरा गरेका छौ । समितीमा महिला नेतृत्व मात्र रहेको छ । समितीको उपाध्यक्षमा ज्ञान कुमारी दिसवान, सचिवमा जानुका अधिकारी , कोषाध्यक्षमा चण्डिका शिवाकोटी रहेका थिए । समितीको सदस्यमा मन्दिरा विश्वकर्मा, मधुरा अधिकारी, आयुसा पाठक रहेका थिए । ढलान भइरहदा राप्ती नगरपालिका वडा नं ३ का अध्यक्ष शिवकान्त ओली आफै फिल्डमा रहेका थिए । उनले महिलाहरुले लिएकाृ जिम्मेवारी इमान्दारितापुर्वक काम सम्पन्न भएकोमा खुशि व्यक्त गरे । बर्खा लागि सक्यो समयमानै काम हुन्न भन्ने लागि रहेको थियो तर काम समयसिमा अघिनै सकियो । अव अनुगमन पछि भुक्तानी प्रकृया हुनेछ । सधै बर्खामा बम्ह्रस्थानी मार्गमा हिलोले समस्या उत्पन्न हुने थियो । अव भने यो पटक वाट समस्या समाधान हुन्छ । वडाको धेरै जसो ठाउमा अहिले प्रभावकारी काम भइरहेको उनले बताए । राप्ती नगरपालिकाकी कार्यपालिका सदस्य कविता राइका अनुसार महिलाले लिएको जिम्मेवारी समयमानै सम्पन्न हुने बताइन । उनले महिला नेतृत्वमा हुने काममा कत्ति पनि हेल्चेक्राइ नहुने र समयमा काम हुने गर्दछ । यसको जवल्नत उदारहण यहि ढलान हेर्न सकिन्छ । अर्काे कुरा राप्ती ३ को विभिन्न विकास निर्माणको काममा अहिले आएर महिला सहभागिता राम्रो रहेको उनले बताइन । उनका अनुसार यसले महिलालाइ अवसर पनि प्रदान गर्छ र जिम्मेवारी पनि बनाउन मद्दत गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार