राप्ती । राप्ती १० मा रहेको कोराक स्वास्थ्य चौकिमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ८ जनाले सेवा लिएका छन । राप्ती नगरपालिका स्वास्थ्य शाखाको आयोजना र भण्डारा अस्पतालको प्राविधिक सहयोगमा बिशेषज्ञ डा सहितको टोलिले आइतवार शिविर सञ्चालन गरेको हो । यो शाखाको नियमित कार्यक्रम अन्र्तगत पर्दछ । विभिन्न कारणले उपचारको लागी स्वास्थ्य परिक्षणको लागी जनता अस्पताल सम्म नआउने, स्वास्थ्य केन्द्र सम्म नजाने हुदा उनिहरुलाइ सचेत गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । शिविरको समुदघाटनमा राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले गरेका हुन । लामाले नगरले स्वास्थ्यमा बिशेष चासो दिएको कारण पनि हरेक वडा वडामा यस किसिमको शिविर आयोजना गर्ने बताए । लामाले कोहि पनि आफ्नो उपचार गर्नलाइ पछि हट्न नहुने र रोग लुकाउन नहुने बताए । नगरपालिकाले आफ्नो जनताको लागी निशुल्क एम्वुलेन्स , निशुल्क औषधि समेत उपलव्ध गराएको बताए । नगरले दिएको सुविधालाइ भरपुर प्रयोग गर्न उनले अनुरोध गरे । शिविरमा राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने,स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने, स्थानिय जनप्रतिनिधि लगायतकाको उपस्थिती रहेको थियो । समुद्घाटनमा सहजीकरण शाखाका उपप्रमुख राममणी सिलवालले गरेका थिए ।