राप्ती । राप्तीमा मगर भाषाको लिपि र भाषाको प्रशिक्षण सुरु भएको छ । वीरेन्द्रनगरको मगर समाज हलमा सुरु भएको प्रशिक्षण जेठ १५ गते सम्म सञ्चालनमा आउनेछ । ५० जना भन्दा बढी प्रशिक्षार्थी सहभागि रहेको कार्यक्रममा राप्ती नगरपालिका उपप्रमुख देवेन्द्र लामाले जात जाती र त्यसको भाषाको संरक्षण गर्नुपर्ने बताए । उनले पालिकाले यहि बर्ष देखि आदिवासी जनजातीको लागी विभिन्न प्रशिक्षण सुरु गरेको र यसका लागी सचेत रहेको बताए । राप्तीमा रहेका मगर दाजुभाइ तथा दिदीवहिनीको लागी यो कार्यक्रमले सकरात्मक भुमिका खेल्ने उनले बताए । राप्तीमा रहेका मगर समुदायले आफ्नो भाषाको संरक्षणको लागी यस किसिमको प्रशिक्षणमा सहभागि हुनुपर्ने बताए । उनले केहि समय अघि तामाङ्ग समुदायको कार्यक्रम गरिएको र अहिले मगर भाषाको लागी कार्यक्रम आयोजना गरिएको बताए । नेपाल मगर संघ बागमती प्रदेशका अध्यक्ष मिलन थापा मगरले राप्ती नगरपालिकाले सुरु गरेको यस किसिमको कार्यक्रमले मगर जातीको भाषा संरक्षणमा टेवा पुग्ने बताए । राप्तीमा मात्र होइन अन्य पालिकामा पनि यस किसिमको कार्यक्रम आयोजना हुनुपर्ने उनको दावी रहेको छ । अझ मगर परम्परा र रितिरिवाजको लागी कार्यक्रम भइरहेमा यसले स्थानियस्तरमा जनजातीको क्षेत्रमा टेवा पुग्ने बताए । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी राप्तीमा रहेका सवै जातजातीको पहिचानको लागी लाग्नुपर्ने बताइन । उनले अहिले मगर जातीको भाषाको खोजि हुन गइरहेका छ भने अन्य जातीको भाषा पनि यसरीनै खोजिनुपर्ने बताइन । यसको लागी राप्ती नगरपालिकाले सकेको सहयोग गर्नुपर्छ रगर्छ भपनि भन्दै कार्यक्रमको सफलताको शुभकामना दिइन । कार्यक्रमको समुदघाटन कार्यक्रममा राप्तीका जनप्रतिनिधि, मगर संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।