राप्ती । जनजातीको वाहुल्यता रहेको राप्ती नगरपालिकामा गुणस्तरि शिक्षा तथा स्थानिय भाषा सम्वन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार राप्ती नगरपालिकाको आयोजना र आदिवासी जनजाती हक अधिकार संरक्षण समिती राप्ती नगरको समन्वयमा एक दिने अन्र्तक्रिया कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं राप्त िनगर प्रमुख शमशेर लामाले स्थानियस्तरमा गुणस्तरिय शिक्षा संगै स्थानिय भाषामा अध्यापन गराउन सके विद्यार्थी शिक्षाप्रति सकरात्मक हुने बताए । राप्तीका पहाडी इलाकामा रहेका आधारभुत विद्यालयमा चेपाङ्ग भाषा वा तामाङ्ग भाषाको प्रचलन रहेको र त्यहाका विद्यार्थीहरुमा यस किसिमको भाषागत शिक्षा दिन सके अझ सहज हुने बताए । उनले यसको बिषयमा राप्ती नगरपालिकाले आवश्यक कार्यविधि बनाएर अघि बढेन सक्ने बताए । उनले यो काम कार्यपालिकाको बैठक राखेर अगाडी बढाउन सकिने बताए । कार्यक्रममा शिक्षाविद डा लगदिप अवस्थी , मातृभाषा विज्ञ शिक्षावीद् डा लोक बहादुर लोप्चन ,नेपाल तामाङ्ग घेदुङ्ग संघिय महासचिव काजिमान थिङ्ग तामाङ्गले सहभागिलाइ प्रशिक्षण दिएका थिए । कार्यक्रमको औचित्यको बिषमया बोल्नुहुदै नगरका पुर्व उपमेयर इमानसि लामाले आफ्नो भाषाको बिषयमा अहिलेको स्थानिय सरकार सचेत रहेकोमा खुशि व्यक्त गरे । स्थानिय पहिचानको लागी पनि मातृभाषा आवश्यक रहेको बताए । राप्ती नगरपालिका कार्यपालिका सदस्य , नगरका विभिन्न शाखाका प्रमुख र पालिकाभरीका विद्यालयका प्रधानध्यापकहरुको उपस्थितीमा कार्यक्रम भएको हो । कार्यक्रममा राप्ती नगरपालिका वडा नं ५ का अध्यक्ष सितारा बलले स्वागत मन्तव्य , वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीले शुभकामना मन्तव्य दिएकी थिइ । कार्यक्रममा सन्देश घलानले सहजीकरण गरेका थिए भने उपप्रमुख देवेन्द्र लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।