मतदानको माध्यम वाट कक्षागत क्याप्टेन चयन

spot_img

राप्ती । राप्ती नगरपालिका वडा नं १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय महादेवटारले कक्षागत मनिटर छान्नलाइ निर्वाचननै गरेको छ । विद्यालयलले पहिलो पटक विद्यार्थीलाइ निर्वाचनको अभ्यास हुने र नेतृत्व चयनमा स्वतन्त्रता होस भन्दै यस किसिमको कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्रधानध्यापक हरि प्रसाद उप्रेतीका अनुसार विद्यालयले भाइवहिनीलाइ एकै ठाउमा राखेर निर्वाचन समेत गरेको र निर्वाचन प्रकृयामा हुने सवै विधि अपनाएको बताए । उनका अनुसार विद्यालय क्याटेन, विद्यालय सहायक क्याटेन, कक्षा मोनिटर, बाल क्लब, इको क्लब र रेडक्रसको नेतृत्व चयन भएको हो । सो सहित मत परिणाम सार्वजनिक गरिएको र विद्यालय क्याटेन, विद्यालय सहायक क्याटेन, कक्षा मोनिटर, बाल क्लब, इको क्लब र रेडक्रसमा छनोट हुने विद्यार्थीहरुलाई विद्यालयको तर्फ वाट सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । विजयी सवैलाइ जेठ १६ गते ब्याज वितरण गरिने उप्रेतीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार