पिप्ले खानेपानी निर्वाचन – जनताको घरघरमा खानेपानी लैजाने निर्वाचित समितीको प्रतिवद्धता

राप्ती । पिप्ले खानेपानी तथा सरसफाई उपभोक्ता समितीका नव निर्वाचित कायैसमितीले उपभोक्ताको घरघरमा खानेपानी लैजान लागी पर्ने बताएका छन । विहिवार गड्यौलीको सिटि हलमा भएको शपथ कार्यक्रममा तेस्रो कार्यकालको लागी निर्वाचित अध्यक्ष राजकुमार भट्टले आफ्नो शरिरमा रगत रहुन्जेल सम्म जनताको घरमा पानी अभाव हुन नदिने बताए । उनले जनताको लागी पानी पिलाउनको लागी हामी निर्वाचित भएका हौ । अव स्थानिय सरकारले सहयोग गर्नुपर्छ हामी कत्ति पनि सम्झौता गर्ने छैनौ । उपभोक्ताले कसरी हुन्छ शुद्ध खानेपानी पिउन पाउनुहुनेछ । भट्टले आफ्नो कार्यकालभरी बैठक भत्ता समेत नलिने घोषणा गरेका छन । उनले जति रकम जम्मा हुन्छ खानेपानीमा प्रयोग गर्छु । भट्टले भने “मेरो परिवारले घरको नानी हेर्छिन म जनताको लागी पानी हेर्छु” बैशाख ३० सम्पन्न निर्वाचनमा तेस्रो पटक अध्यक्ष बन्ने क्रममा भट्टले कुल खसेको मतमध्ये ९२३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पाण्डेले १५० मतमात्रै प्राप्त गर्न सके । निर्वाचनमा एक हजार १२३ मत खसेको थियो । पदाधिकारीमा भट्ट नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । अध्यक्ष बाहेक अन्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्यानल नै उभ्याएको थियो । समितिको उपाध्यक्षमा उद्धव प्रसाद सिलवाल ३७० मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वीहरु ज्ञानप्रसाद पाण्डेले २८९ मत र रघुनाथ उप्रेतीले २३५ मत प्राप्त गरे । सचिवमा रामेश्वर गौतम निर्विरोध भएका थिए ।
कोषाध्यक्षमा रामप्रसाद बर्तौला निर्वाचित भए । बर्तौलाले ४३० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरु मन्जु खरेलले २७७ मत र रामबहादुर राईले २०८ मत पाए । सह–सचिवमा विजयी भएका गोकर्ण बहादुर बिसुङ्खेले ३२९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वीहरु सन्दीप धरेलले ३१८ मत तथा दीपककान्त पाठकले १५५ मत पाए । सदस्यहरुमा पाँच जना एमाले निकटका विजयी हुँदा एक जना राप्रपा निकटकी विष्णुदेवी ठकुरी ३८२ मत ल्याएर निर्वाचित भइन् । अन्य सदस्यहरुमा शिष्टता थपलिया ४१८ मत, चन्द्रबहादुर राई ३२७ मत, लीलानाथ घिमिरे ३२६ मत, बुद्धिराज उप्रेती ४९० मत र विष्णुप्रसाद ढकाल ३५८ मतका साथ निर्वाचित भएका छन् । राप्ती नगरपालिका वडा नं २ का अध्यक्ष एवं नगर प्रवक्ता श्यामसुन्दर उप्रेती प्रमुख अतिथि रहनु भएको कार्यक्रममा उनले नया कार्यसमितीलाइ हार्दिक बधाइ दिए । उनले उपभोक्ताको आस र भरोसामा कति पनि आँच आउन नहुने भन्दै नया कार्यसमितीले गर्ने काम सृजनात्मक हुनुपर्ने बताए । वडा नं १ का अध्यक्ष सिद्धिलाल स्याङ्गतानले वडास्तर वाट हुने कुनैपनि सहयोगमा आफुहरु पछि नहट्ने बताए । खानेपानीमा सहजीकरण गर्नको लागी उनले अनुरोध गरे । वडा नं ३ का अध्यक्ष शिवकान्त ओलीले उपभोक्ताले गरेका विश्वासमा नया समितीले गुनासो आउन दिन नहुने बताए । उनले जनताको मत र विश्वासलाइ सम्झिएर काम गर्नुहोस । यो कार्यसमिती सधै सम्झन लायक हुनेछन । कार्यक्रममा निर्वाचन समितीलाइ धन्यवाद सहित सम्मान गरिएको थियो । नगर कार्यपालिका सदस्य कविता राइ, वडा नं १ का वडा सदस्य राजु राइ, वडा नं २ का वडा सदस्य कमल रुवाली, मनमाया डिमडुङ्ग, सन्त बहादुर लगुन , वडा नं ३ का वडा सदस्य दिनेश चेपाङ्ग सहित विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । निर्वाचन समितीका सदस्य हरि प्रसाद उप्रेतीले स्वागत मन्तव्य राखेका कार्यक्रम समितीका सदस्य रामेश्वर सिं ओलीले सञ्चालन गरेका थिए । कार्यक्रम निर्वाचन समितीका संयोजक नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार