राप्ती नगरपालिकाको आयोजनामा आधा मरेको सन्तान नाटक मञ्चन

राप्ती । साहित्यकार सरुभक्तको अप्रकाशित कृति आधा मरेका सन्तान नाटक मञ्चन गरिएको छ । राप्ती नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको अतिरिक्त क्रियाकलाप अन्र्तगत गड्यौलीमा रहेको सिटि हलमा नाटक मञ्चन गरिएको हो । अहिलेको अवस्थमा वालवालिका, शिक्षक र अभिभावकको मनो विज्ञानलाइ समेटेर सुमन तिमिल्सिनाले निर्देशन गरेका नाटक हेरेपछि नगर प्रमुख शमशेर लामाले नाटक वाट सिक्नुपर्ने धेरै रहेको बताए । उनले पालिकाले शिक्षाको क्षेत्रमा चासो मात्र दिएको छैन , साच्चिकै शिक्षा क्षेत्रमा परिवर्तनको प्रयास गरेको बताए । उनले नाटक मात्र नभइ शिक्षा शाखाले चित्रकला प्रतियोगिता, निवन्ध प्रतियोगिता समेत गरि सकेको बताए । उनले मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता समेत हुने यसले नगरका बिद्यार्थीहरुमा अतिरिक्त क्रियाकलापको कारण चौतर्फि विकास हुने बताए । नाटक मञ्चनमा सहभागि राप्ती नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं २ का अध्यक्ष श्याम सुन्दर उप्रेतीले नाटकको माध्यम वाट दिन खोजिएको सन्देश निकै उत्कृष्ट रहेको बताए । उनले यो सन्देश र ज्ञान विद्यार्थी , शिक्षक र अभिभावकले प्रयोगमा ल्याउने हो भने साच्चै शिक्षाको गुणस्तरमा विकास हुने उनको दावी रहेको छ । नाटकमा अभिनय गर्नुहुने कलाकार र सम्वन्धीत सवैलाइ राप्ती नगरपालिकाले सम्मान गरेको थियो । कार्यक्रममा ८० जना भन्दा दर्शकको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण नगर शिक्षा अधिकृत रविना देउजाले गरेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार