सञ्चारकर्मि मनोज पन्तले राप्ती मेयर शमशेर लामालाइ दिए महत्वपुर्ण सुझाव

 

राप्ती नगरपालिका मेयर शमशेर लामालाइ केहि सझाव दिएका छन । उनले पालिकालाइ अझ सुशासन गर्न र समृद्ध राप्तीको लागी केहि वुदागत सुझाव दिएका छन ।

राप्ती नगरपालिका,चितवनका नगर प्रमुख शमशेर लामालाई नगरको मुहार फेर्न मेरो सुझाव।
१) हाइवेमा स्पिड लिमिटको बोर्ड राख्ने
२) भण्डारा बजार चोकमा हाइ वे ब्रीज बनाउने
३)राप्ती सिटि हल निर्माण गर्ने
४) फोहोर रिसाइकल गर्ने अथवा ल्याण्डफिल साइट वा डम्पिङ साइटको ब्यबस्था गर्ने
५) नगरपालिका भित्रको हाइ वे मा हाइ बिम सोलार बत्ती जडान गर्ने
६) शारीरिक अपाङ्गलाई व्हिल चियर, बैसाखी र दृष्टिबिहिन सेतो छडी प्रदान गरि गमनशिलताको तालिम प्रदान गर्ने
७) साबिक गाबिसहरुमा सार्बजनिक सौचालय निर्माण गर्ने
८) फ्री वाइ फाइ जोन बनाउने
९) हरेक वडामा सेवा ग्राहिको लागि निशुल्क फोटोकपी गर्ने ब्यबस्था गर्ने
१०) सरकारी स्कुलहरुमा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य ,गायन सङीत अनि उदघोषणलाई अनिबार्य लागू गर्ने।
११) ७० वर्ष नाघेका वृद्धबृद्धाहरुलाई घर घरमै गएर अथवा टोलको चोक मा शेड लगाएर हरेक महिना अथवा ३/३ महिनामा निशुल्क स्वास्थ्य जाँच गर्ने
१२) भु खण्डिकरण माथी रोक लागाउने।
१३) टोल टोल मा बाल क्लब गठन गरेर बाल बालिकाहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रमहरु आयोजना गर्ने।
१४) हरेक महिना राप्ती बुलेटिन प्रकाशित गर्ने
१५) चोक चोक मा ठुला ठुला डस्ट्बिन को ब्यबस्था गर्ने
१६) सडक तथा ठेला ब्यापारीहरुको लागि सडक पेटिबाट उचित ठाउको ब्यबस्था गर्ने।
१७) ठुला, मझौला, साना सवारी साधनको लागि निश्चित ठाउमा पार्किङको ब्यबस्था गर्ने।
१८) नगर भित्रका सम्भावना बोकेका फुट्बल भलिबल अनि क्रीकेट खेलाडी तयार गरि नगर, जिल्ला , प्रदेश अनि राष्ट्रिय स्तरमा पुर्याउने।
१९) ठुला ठुला चोकहरुमा प्रहरी बिट निर्माण गर्ने।
२०) QRT टिम बनाएर रातको समयमा प्रहरी परिचालन गर्ने।
२१) दुर्घटना सम्भावित खाल्डा खुल्डी हरु पुर्ने।
२२) भण्डारा , खुरखुरे अनि गडयौली चोकमा डिजिटल इन्फर्मेसन बोर्ड राख्ने। समय तापक्रम अनि सूचना प्रस्तुत गर्ने
२३) हरेक वर्ष राप्ती स्मारिका निर्माण गर्ने
२४) राप्ती गान तयार गर्ने
२५) राप्तीको बृत्तचित्र निर्माण गर्ने।
२६) दिवस अवसर विशेष माशिक्षा शाखाको संयोजनमा निजि तथा सामुदायिक बिद्यालय स्तरीय हाजिर जवाफ, निबन्ध, वक्तृत्व कला, वाद विवाद प्रतियोगिता संचालन गर्ने
२७) ढल तथा नालीको उचित ब्यबस्था गर्ने।
२८) परेवाकोटमा पर्यटन को पुर्वाधार तयार गर्ने।
२९) सम्भावित स्थानमा होम स्टे सन्चालन गर्न सहयोग गर्ने।
३०) लाइसेन्स नभएका अटो संचालन गर्न नदिने।
३१) राप्ती मा ट्राफिक प्रहरी परिचालन गर्ने।
३२) आबश्यक स्थान मा जेब्रा क्रसिङ बनाउने।
३३) नगर पालिका बाट साबिक गाबिस मा निशुल्क एम्बुलेन्स को ब्यबस्था गर्ने।
३४) सहज सडक हरुमा सिटि बस सन्चालन गर्ने
३५) हाइ वे बेसमा अटोमेटिक स्ट्रीट लाइट राख्ने
३६) एप्लिकेसन तयार गरि वडाका काम अनलाइनबाट गर्ने। अन्लाईन बाट नै टोकन को ब्यबस्था गरि तय गरिएको मितिमा सेवाग्राही को काम सम्पन्न गर्ने। समय बार सेवा ग्राहिले चयन गर्न मिल्ने बनाउने।
३७) पापड, अचार, अगर बत्ती, मैनबत्ती बनाउने जस्ता स्व रोजगार का आयमुलक तालिम महिला हरुका लागि गर्ने
३८) समस्या, गुनासा, सल्लाह सुझाव को लागि सुझाव पेटिका मुख्य मुख्य बजार मा राख्ने। ती विषयमा सम्बोधन गर्ने।
३९) बेला बेला हरेक वडा वडा मा स्वास्थ्य सिविर सन्चालन गर्ने।
४०) ६/६ महिना अथवा प्रत्येक वर्ष साबिक गाबिस मा जनता संग जन प्रतिनिधि कार्यक्रम संचालन गर्ने।
४१) स्थानीय रेडियो मा राप्ती सेरोफेरो र जनता सङ्ग मेयर कार्यक्रम संचालन गर्ने।
४२) नगरपालिकाको हरेक गतिविधि आफ्नै वेबसाइट, फेसबुक पेज अनि युट्युब मा हरेक दिन अपडेट गर्ने।
४३) व्यावसायिक पशुपालन गर्ने हरुका लागि पशु सेवा निशुल्क गरि दिने।
४४) सरकारी निकायका साइन बोर्ड इम्बोस्ड अथवा रिफ्लेक्टिभ बोर्ड मा परिणत गर्ने।
४५) cctv जडान गरि नगर पालिका को आइ टि सेक्सन र इलाका प्रहरीले अनुगमन गर्ने
४६) पहाडी क्षेत्रमा आय आर्जन का लागि तालिम प्रदान गरि मौरी पालन, ड्रागन फ्रुट खेती गर्न प्रेरित गर्ने
४७) दर्ता नभएका सस्थाहरुको कार्यक्रमहरुमा अतिथि बनेर न जाने
४८) नगर प्रहरी परिचालन गर्ने
४९) राजमार्गमा बस स्टपको निर्धारण गरि बोर्ड ब्यबस्थापन गर्ने।
५०) नगर मा बृक्षारोपण गरि ग्रीन सिटि बनाउने
५१) टोल विकास सस्था संग समन्वय गरि चोक, टोल अनि भित्री मार्ग हरुको नामाकरण गरि सिमेन्टेड बोर्ड लगाउने।प्रत्येक बोर्डको प्रायोजक खोज्ने। केही रकम वडाबाट बिनियोजन गर्ने।
५२) अटो स्ट्याण्ड बनाउने र बोर्ड राख्ने।
५३) वर्षा याम मा पानी जम्ने स्थानमा निकास को ब्यबस्था गर्ने।
५४) सम्भव भए सम्म वारुण यन्त्रको ब्यबस्था गर्ने।
५५) प्राकृतिक प्रकोप विरुद्ध तयारी अभ्यास गरि आबश्य्क सामाग्री सहित जनशक्ति तयार गर्ने।
५६) भित्री सडक बजार क्षेत्रमा दायाँबायाँ साइड्मा नो पार्किङको बोर्ड लगाएर बजार ब्यबस्थित गर्ने।
५७) पसलमा मुल्य सूचीको बोर्ड अनिबार्य राख्न लगाउने।
५८) ब्यबसाय गर्ने हरुले कम्पनी दर्ता, प्यान, भ्याटको प्रमाणपत्र देखिने गरि राख्न लगाउने।
५९) बेला बेलामा पसल अनि होटेलहरुको गुणस्तर जाचको लागि अनुगमन टोलि बनाएर खटाउने।
६०)परम्परागत चौताराहरुलाई आधुनिकीकरण गरि आनन्द दायक विश्राम स्थल बनाउने।
६१) खाद्य उत्पादनमुलक कार्यक्रम तत्काल कार्यान्वयन गर्ने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार