राप्ती सरकार – पढ्न पैसा लाग्दैन , विपन्नले घर पाउछन , जन्मदिनमा निशुल्क स्वास्थ्य परिक्षण

पुर्ण बहादुर मगर
२०७९ जेठ ६ , साझ भिषण पानी परेको बेला राप्ती नगरपालिका नगर प्रमुख र उपप्रमुखको निर्वाचनको अन्तिम नतिजा घोषणा भएको हो । अन्तिम समय सम्म पनि नेकपा एमाले जितको उद्घोष सुन्न आतुर थियो तर नेकपा एस र काग्रेसले राप्ती नगरपालिका प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) पदमा जित हासिल गरे । दुवै जना समृद्ध नगरको पक्षमा थिए र अहिले पनि छन । सोहि राती मेयर लामाले पद वहाली गरे उनले गरेका पहिलो निर्णय विपन्नलाइ गास वास र कपासको व्यवस्था गर्छु । उपमेयरले स्वस्थ्य राप्तीको प्रयत्न गर्ने भन्दै आफ्नो पदवहाली गरेका हुन ।

यो एक बर्षमा समय परिस्थिती र थिती फेरिए । तर राप्ती सरकारले गरेका निर्णय भने फेरिएनन । अहिले राप्तीमा निशुल्क शिक्षा , निशुल्क स्वास्थ्य र १ सय भन्दा बढी विपन्नको घर निर्माण भएको छ । अनि स्थानिय जनताले घरघरमा सिंह दरवार भनाइको सार्थकता पाएका छन । १३ वटा वडामा फिजिएको राप्तीमा तराइ पहाडको अनुभुती एउटै समयमा गर्न पाउनुहुनेछ । कान्दाको चिसो छल्न भण्डारा आउने कि भण्डाराको गर्मि छल्न कान्दा पुग्ने यसको निर्णय जनताले गर्ने हुन । पालिकाको विभिन्न वडा पुग्ननै एक दिन लाग्छ । बर्खामा यसको फरक पिडा र अनुभव रहेको छ । यो मात्र होइन राप्ती चितवनकै नमुना पालिका हो यसलाइ सार्थकता दिने जिम्मेवारी अहिलेको राप्ती सरकारको दायित्व हो ।

जनजातीको वाहुल्यता रहेको राप्तीमा मेयर र उपमेयरनै जनजाती हुन । यसकारण पनि जनताको आर्कषण र भरोसा पालिकामा रहेको छ । अहिले जनताको चाँप पालिकामा रहेको छ । नगरमा जनताको यपस्थिती वाक्लो भएको छ । यति मात्र होइन जनता आफै सचेत छन अनि गुनासो मात्र होइन सुझाव दिन समेत पालिकामा आफै आउछन । मेयर र उपमेयरले राप्तीका जनताको हरेक गतिविधि र सुझावलाइ मार्ग निर्देशकको रुपमा लिएका छन । पहिलो बर्ष भएकै कारण राप्ती सरकारले अनुगमन र भ्रमण बर्षको रुपमा लिएको हो । अहिले यो करिब करिब पुरा पनि भएको छ । राप्ती सरकार भ्रमणको नाममा पालिका वाहिर होइन पालिकाकै सवै सवै ठाउमा पुग्ने प्रयत्न गर्यो । जुन हामिले देखेका पनि छौ । विकट मानिएको कान्दा सम्म राप्ती सरकार गयो । त्यहा आवश्यक समन्वयन गर्नेगरी फर्कियो र फर्किएसंगै कान्देलीको लागी सडक खोल्ने र स्वास्थ्य केन्द्र खोल्ने निर्णय सहित बजेट पनि व्यवस्थापन गरेको छ । यो निर्णय पालिकाको १५ औ कार्यपालिका बैठकले सर्वसम्मत रुपमा गरेको हो । यो निर्णय अहिले सम्मकै उत्कृष्ट र प्रिय निर्णय पनि हो ।

२०७४ को सरकारले निर्माण गरेको अधिकांश भौतिक संरचनालाइ डेकोरेशन र व्यवस्थापन गदै सुन्दर बनाउन २०७९ को सरकार लागी परयो । कुनै कुनै चिज सजाउनु पर्छ भन्ने कुराको उदारहण यो एक हो । यसको लागी भण्डारा अस्पताललाइ हेर्न र अवलोकन गर्न सकिन्छ । यो एक बर्षमा अस्पतालमा १३ हजार भन्दा बढी जनताले सेवा लिएका छन । यो अघिल्लो बर्षको तुलनामा ३० प्रतिशतले बढी हो । दैनिक १ सयको हाराहरीमा सेवाग्राही अस्पतालमा उपचारको लागी आउछन । भण्डारा अस्पतालमा सुत्केरी गराउदा पोषण भत्ताको सुविधा रहेको छ । एक महिलाले गर्भवती अवस्थामा ८ पटक नियमित परिक्षण गरी सुत्केरी भइन भने उनलाइ ३ हजार ८ सय नगद सुत्केरी भत्ता उपलव्ध गराउदै आएको छ । अहिले अस्पतालमा महिनामा १५ भन्दा बढी सुत्केरी गराइन्छ । गर्भवती महिलालाइ निशुल्क भिडियो एक्सेरे सेवा समेत रहेको छ । विभिन्न थरीका औषधिमा शुल्क लाग्दैन । भण्डारा अस्पतालको अर्काे महत्वपुर्ण बिशेषता भनेको पहाडी क्षेत्रका जनतालाइ एम्वुलेन्स सेवा निशुल्क रहेको छ । पालिका भरीकै क्यान्सर मृगौला रोगीको लागी पनि एम्वुलेन्स सेवा निशुल्क हो । यी सवै जनतामुखि काम हुन । अहिले राप्ती सरकारको यो काममा जनता दङ्ग छन । साविक गाविस रहेको र नगर भएपछि करको दायरा मात्र बढेको भन्दै मन खुम्च्याउने जनता भने राप्ती सरकारको सेवा र सुविधामा मख्ख छन । अहिले वडा नं ४ मा आखा उपचार केन्द्र निर्माणको काम भइरहेको बेला मेयर लामाको प्रयासमा भण्डारा अस्पतालमा दैनिक ५ देखि ७ जनाले आखा परिक्षण गरिरहेका छन ।

राप्ती सरकार आएपछि विपन्नलाइ १ सय ७५ घर निर्माण भयो । करिब ९० घर हस्तान्तरण भएका छन । असार मसान्त सम्म सवै घर जनताले पाउने छन । थप १०÷१५ बन्ने क्रम हुनेछ । राप्ती सरकारले गरेको पहिलो निर्णय विपन्नलाइ घर यसकारण पनि पुरा भएको छ । वाकि चार बर्षमा चार सय घर बने भने राप्तीमा विपन्न परिवारले वास पाउनेछन । पहिलो बर्षको यो अभ्यास हेर्ने हो भने राप्ती सरकार विपन्नको सरकार बन्नेछ । स्थानिय सरकार आएसंगै निशुल्क शिक्षाको नारा फुकेको थियो “इसिडि देखि कक्षा १२ सम्म पढ्न पैसा लाग्दैन” शैक्षिकसत्र २०८० देखि नगरको ४९ वटै सामुदायिक विद्यालयमा निशूल्क शिक्षा लागु भएको छ । यो घोषणासंगै जनतामा उत्साह र खुशि छाएको छ । उसोत जनताको यो उत्साह र खुशिमा राप्तीका माध्यमिक तहका विद्यालयले ब्रेक लगाए । केहि माविले शुल्क लिएको भन्दै अभिभावकले मेयर उपपमेयरलाइ गुनासो बोकेर कार्यकक्षमा पुगेका थिए । मेयर शमशेर लामा र उपमेयर देवेन्द्र लामाले शुल्क उठाउने विद्यालयलाइ स्प्रष्टिकरण समेत सोधेका थिए । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितीका अध्यक्षले यसको बिषयमा आफ्नो आफ्नो आफ्नो विचार राखेका छन । उनिहरुको गुनासोलाइ राप्ती सरकारले तत्काल पुरा समेत गरेको छ ।

राप्तीको विकट मानिएको कान्दा वाहेक अन्य क्षेत्रमा सडक पुगेको छ । कहि कच्चि त कहि उच्चस्तरिय ग्रावेलको सुविधा रहेको छ । कहि खनिएका छन । अहिले राप्तीको कुना कुनामा पुग्न सहज भएको छ । राप्ती सरकारको यो काम जनताले रुचाइएको महत्वपुर्ण काम हो । वाटो भएपछि जनताले सेवा र सुविधा प्रयोग गर्न पाउनेछन । यहि अवधारणामा अहिले स्थानिय सरकार हिडेको छ । राप्तीको १२ नम्वर वडा वाहेक सवैले आफ्नो भवन वाट सेवा दिइरहेका छन । सवै स्वास्थ्य केन्द्रले आफ्नो भवन वाट उपचार गरिरहेका छन । अधिकांश सामुदायिक भवनले स्थानियलाइ जमघट र सहकार्यमा मद्दत गरेको छ । अहिले राप्तीको वडा सरकार होस वा नगर सरकार चिटिक्क देखिएका छन । युवा देखिएका छन । जोश र जागरले भरिएको देखिएका छन ।

जनताको दोहोरिएका गुनासा ः

भौगोलिक हिसावमा बाडिएको राप्ती नगरपालिका वडा नं १० देखि माथि अर्थात १३ सम्म पहाडी क्षेत्र हो । जनताले राप्ती सरकार पहाडमा मात्र केन्द्रित भयो । पहाडमा मात्र उक्लियो भन्दै बारम्वार मेयरलाइ प्रश्न गरिरहेका छन । मेयरको आफ्नै तर्क र सफाइ रहेको छ । यो गुनासो कत्तिको जायज हो या यो गुनासो आउन नदिन मेयर र उपमेयरले एउटा ठोस निर्णय गर्न आवश्यक रहेको छ ।

उद्द्घोष गरिएका केहि महत्वपुर्ण काम र योजना खोइ भनेर जनताको केहि प्रश्नहरु रहेका छन । उद्घोष हुदा र अव गर्छाे भनेर चर्चामा आउदा वाह वाह भनिएका जनताले त्यो काम कहा गयो ? किन भएन ? किन सुरु गरिएन भनेर ? जवाफ मागि रहेका छन । भण्डारा , गड्यौलीमा सार्वजनिक शौचालय , विरेन्द्रनगर , भण्डारा र गड्यौलीमा प्रहरी विट निर्माण , भण्डारामा इलाका प्रशासन कार्यालय ल्याउने जस्ता योजनाको लागी राप्ती सरकारको तारिफ गरेकाहरु अहिले किन भएन भन्दै सोधिरहेका छन यसका मेयर र उपपमेयरले आफ्नो घोषणालाइ फलोअप गर्न आवश्यक रहेको छ ।

राप्तीको १२ र १३ मा बिजुली कहिले बल्छ ? यो अर्काे प्रश्न हो । राप्ती १२ मा २०७९ भदौमा र १३ मा बैशाख १ गते एक एक वटा बत्ति बले । भदौमा एउटा बत्ति बाल्दा मेयर र उपमेयर आफै गएका हुन । बैशाखमा बाल्दा चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य हरि ढकालले स्थानिय सरकारसंग समन्वयन नगरी एउटा बत्ति बाले आए । दिउसो गएर उद्घाटनको लागी मात्र बालिएको बत्ति अहिले बल्दैन । उज्यालो राप्तीको सपना बेचेको सरकारले बत्ति कहिले बाल्छ भनेर जनता प्रश्न सोधिरहेका छन । अनि सरकार पर्ख र हेरको अवस्थामा रहेको छ ।

राप्ती नगरपालिकाको मुख्य बजार भण्डारा बजार व्यवस्थापनको लागी राप्ती सरकारले ३ चरणमा विभिन्न काम गरे । पहिलो काम पार्किङ्ग वयवस्थापन,दोस्रो काम अव्यवस्थित रुपमा रहेको ठेला गाढाको लागी ३५ दिने सुचना र तेस्रो चरणमा वैकल्पिक व्यवस्थापनको लागी अुनरोध , तर यी सुचना जारी भए । मेयर आफै गएर काम गरे । अनुरोध गरे तर भण्डारा बजारको रुप उहि र उस्तै रहेको छ । अहिले पनि भण्डारा बजार व्यवस्थित देखिदैन । यो एक बर्षमा राप्ती सरकारले भण्डारालाइ सुन्दर र फराकिलो बनाउन नसकेको नै हो ? जनताको प्रश्न सधै सामाजिक सञ्जालमा हेर्न र पढ्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार