वडाभित्रका सवै संस्थालाइ सहकार्य गर्न वडाध्यक्ष आचार्यको अनुरोध

राप्ती । राप्ती नगरपालिका वडा नं ४ ले वडाभित्रका सम्पुर्ण सरकारी र गैरसरकारी स.घसंस्थालाइ वडासंग समन्वयन गर्न अनुरोध गरेको छ । विहिवार वडा नं ४ मा वसेको सर्वदलिय वैठकले वडामा रहेका सामुदायिक विद्यालय , सामुदायिक वन , खानेपानी संस्थान , विभिन्न धार्मिक संघ संस्था वा गुठीलाइ वडासंग समन्वयन र सहकार्य गरी अघि बढ्न अनुरोध गरेको हो । वडा नं ४ का अध्यक्ष केदार प्रसाद आचार्यका अनुसार वडामा भएका विभिन्न गतिविधि वडाका जनप्रतिनिधिले थाहा पाउनु पर्ने र ति संघसंस्थाको प्रभावकारि कामको लागी संस्थाले वडा संग सहकार्य गर्नुपर्ने भएकोले समन्वयन सहितको अनुरोध गरेको बताए । यो संगै त्यस्ता संस्थाको साधरण सभा वा अधिवेशन नभएको भए तत्काल गर्नुपर्ने र सक्रिय रुपमा काम गर्नुपर्ने बताए । नविकरण नभएको नविकरण हुनुपर्ने कुरामा अध्यक्ष आचार्यको बिशेष जोड रहेको छ । उनले वडामा रहेका व्यवसायिक पसल ,होटल वा अन्य व्यवसाय तत्काल दर्ता गरी सञ्चालन गरिनु पर्ने बताए । दर्ता गरेर मात्र व्यवसाय चलाउनका लागी वडावासीमा अध्यक्ष आचार्यको अनुरोध रहेको छ । वडामा रहेका होटल वा किराना पसल वाट १८ बर्ष भन्दा मुनिका वालवालिकालाइ सुर्तिजन्य पदार्थ र मदिराजन्य पदार्थ किनबेच गर्न रोक लगाउने बताए । यसअघिनै वडाले गरेको निर्णयलाइ वडावासीले अनुसरण गर्नुपर्ने कुरामा अध्यक्ष आचार्यले जोड दिए । उनले भने अहिले सम्म आधिकारिक त्यस्तो गुनासो आएको छैन । आएमा हामी कारवाहि गर्नेछौ । उनले वडाभरी कहिकतै वालश्रम भइरहेको थाहा पाएमा जानकारी गराउन अनुरोध समेत गरेका छन । वडा नं ४ मा कहि कतै वालश्रम हुदैन । भएको थाहा पाए भने कारवाहि गर्नेछु । समृद्ध वडाको लागी सवैले सहयोग गर्नुपर्ने बताए । उनले वडाका सवै साझेदारी संघसंस्थाले समन्वयन गरेर अगाडी बढ्नु पर्ने बताए । वडाको विकासमा सवैको वरावरी हात हुनुपर्ने आचार्यले बताए । बैठकमा वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि र संघसस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार