हावाहुरीको क्षतिको सहि विवरण दिनुहोस राहत तत्काल दिन्छौ : उपप्रमुख लामा

राप्ती । बैशाख ३१ मा आएको हावाहुरीको क्षति संकलन गदै आवश्यक राहत वितरणमा राप्ती नगरपालिका सक्रिय देखिएको छ । अनुगमन संयोजक रहेका नगर उपप्रमुख देवेन्द्र लामाले मंगलवार र बुधवार पालिका भरीकै १३ वटा वडामा गएर अनुगमन गरेका हुन । उनिसंगै अनुगमन समितीका सदस्य वडा नं ५ का अध्यक्ष सिताराम वल र वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी सहितको टोलि अनुगमनमा गएको हो । नगर उपप्रमुख लामाका अनुसार वडा नं ११ र १३ का जनताको धेरै क्षति भएको छ । उनले भने साविक भण्डारा गाविसमा भने घरको क्षति नभएको बताए । उनले पहाडी क्षेत्रमा जनताको घरको छानोनै उडाएकोले उहाहरुको लागी तत्काल राहत दिने बताए । लामाले अव जनताले विना झन्झट सेवा पाउनेछन । यसको ज्ञारेन्टी म लिनेछु । लामाले जनताको घरनै उडाएको भन्दै गोठ र अन्य क्षति भन्दा घरको लागी राहत प्राथमिकतामा राखेको बताए । लामाले अहिले जनता पिडामा र दुखमा रहेका छन । देखिएको र भेटिएको जति ठाउमा गएका हौ । सुरुमा पहाड गएर भोलिपल्ट हामी वडा नं १ देखि १० सम्म पुगेका हौ । अव पानी आयो भने जनताको ओत लाग्ने ठाउ छैन । नगरपालिकाले तत्काल १० लाख रुपैया उपलव्ध गराएको हो । तर यो रकम अपुग हुने भएपछि नगर प्रमुख र कार्यकारीसंग सहकार्य गरी थप अर्काे १० लाख रुपैयाले जनताको घरमा जस्तापाता आफु जाने बताए । उनले आफ्नो सहि क्षतिको विवरण वडा कार्यालयमा उपलव्ध गराउन समेत अनुरोध गरेका छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार