राप्ती । अब देखि वैदेशिक रोजगारीमा जाने कामदारले राप्ती नगरपालिकाको रोजगार शाखा बाट नै श्रम स्वीकृतिका लागि निवेदन दिन सक्ने भएका छन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय अनुसार १ वैशाख देखि कामदारले राप्ती नगरपालिका सहित देशका सात सय ५३ वटै स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि निवेदन दिन सक्नेछन ।
बुधवार राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले राप्तीका जनताले आफ्नै पालिकाको रोजगार सेवा केन्द्रमा डेस्क वाट सेवा लिन सकिने बताए । केन्द्रमा रहेका कर्मचारीले पालिकाका बेरोजगार सूचीकृत गर्नुका साथै वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन चाहेमा प्रारम्भिक सेवा दिन सक्नेछन । लामाका अनुसार निवेदन दिन आवश्यक कागजपत्र संकलन गर्न केन्द्रका कर्मचारीले कामदारलाई सहयोग गर्ने बताए । यदि सो सुविधामा समस्या आएमा ततकाल नगरका समन्वयन गर्न अनुरोध गरे । वैदेशिक रोजगारीमा जाने कामदारले काठमाडौंस्थित श्रम कार्यालयबाट मात्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था थियो । केही समयअघि श्रम मन्त्रालयले सातैवटा प्रदेशमा श्रम कार्यालय विस्तार गरी कार्यालय मार्फत श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ । श्रम स्वीकृति लिने व्यवस्थालाई अझै सहज बनाउँदै सरकारले स्थानीय निकायबाट श्रम स्वीकृतिका निवेदन दिन सक्ने व्यवस्था गरेको हो ।
श्रम स्वीकृति राप्ती नगरपालिका वाट लिन सकिन्छ : नगर प्रमुख लामा
