राप्ती नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद चिकित्सा पद्दती सम्बन्धी प्रशिक्षण दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले आयोजना गरेको कार्यक्रममा राप्ती नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी रहेकी थिइन । प्रमुख अतिथि डल्लाकोटीले आयुर्वेद औषधि प्रति जनमानसमा अझै बुझाउन आवश्यक रहेको बताइन । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा.कोपिला अधिकारी, आयुर्वेद चिकित्सकहरु डा.देवेन्द्र यादब, डा.खेमराज तिमिल्सिनाले आयुर्वेद उपचार पद्दती र महत्वको बारेमा प्रशिक्षण दिएका थिए । सो अबसरमा केन्द्र प्रमुख अधिकारीले महिला स्वास्थ्य स्वमंसेविका मार्फत आयुर्वेद चिकित्सा पद्दतीलाई विस्तार गर्दै विश्वासनीय बनाउने बताइन् । ग्रामिण क्षेत्रमा आयुर्वेद सेवा विस्तार गर्न सके सरकारी उद्देश्य पुरा हुने उनको भनाई छ । कार्यक्रममा केन्द्र अध्यक्षका राजेन्द्र कुमार श्रेष्ठले आयुर्वेदको महत्व सवैकोले बुझ्नु पर्ने बताए । अन्य औषधि भन्दा आयुर्वेद औषधीको महत्व हुने र यसको प्रभावकारिता सवैले बुझ्नु पर्ने बताए । कार्यक्रममा राप्तीका स्वंय सेविकाहरुको उल्लेखनिय सहभागिता रहेको वीरेन्द्रनगर आयुर्वेदका कविराज टुकनाथ पौडेलले बताए ।