तपाइलाइ थाहा छ ? राप्तीमा निशुल्क एम्वुलेन्स सेवा उपलव्ध छ

 

पहाडी इलाकामा विमारीको अवस्था र उहाहरुको थप सुविधाको लागी हामी निशुल्क एम्वुलेन्स सेवा सुरु गरेका हौ । पालिका भरिका दिर्घरोगि र वृद्ध आमावुवालाइ निशुल्क एम्वुलेन्स सेवा रहेको छ । यसको प्रभावकारिता विस्तारै देखिएका छन । आर्थिक अवस्था कम भएका र विपन्न परिवारको लागी सुरु गरेको यो अभियानमा अहिले सवै जनताले साथ दिएका छन ।
– नगर प्रमुख शमशेर लामा

 

उपचार गराउन जाननै नमान्ने जनतालाइ निशुल्क एम्वुलेन्स सेवाले अस्पताल सम्म पुग्न आर्कषण गरेको छ । अस्पताल जाने र आउनलाइ यातायातको खर्च नलाग्ने भएपछि जनताले अस्पताल जान रुचि देखाएका छन । यो सरकरात्मक कुरा हो । हामी जनतालाइ स्वस्थ्य देख्न चाहान्छौ । यो अभियान पनि एक हो ।
– नगर उपप्रमुख देवेन्द्र लामा

 

राप्ती । राप्ती नगरपालिकाले पहाडी क्षेत्रमा भण्डारा अस्पतालको निशुल्क एम्वुलेन्स सेवा सुरु गरेपछि पहाडका जनताले खुशि भएका छन । विकट मानिएका ठाउ वाट डोको वा झोलुङ्गोमा विमारी ओसार्ने र त्यसपछि भने बोलेर वोक्ने जनताले अहिले एम्वुलेन्सलाइ फोन गर्न थालेका छन । एम्वुलेन्सले विमारीलाइ ल्याउन र लैजान पैसा लिग्दैन भन्ने जानकारी नपाउदा पनि स्थानिय महङ्गो शुल्क वाध्य थिए । पहाड वाट भरतपुर सम्म लैजादा बोलेरोले एकतर्फि ७ देखि १० हजार भाडा लिदै आइरहेको छ । तर एम्वुलेन्सलाइ कल गर्ने वा वोलाउने हो भने शुल्क लाग्दैन । राप्ती नगरपालिका वडा नं १० देखि १३ का ४ वटा वडालाइ यो सुविधा रहेको छ । भण्डारा अस्पतालको एम्वुलेन्सको सेवा लिदा कत्ति पनि शुल्क लाग्दैन र सहज सेवा पाइन्छ भन्ने बिषयमा स्थानियलाइ जानकारी दिन थालेपछि एम्वुलेन्सको सेवा पहाडमा पनि सुरु हुन लागेको भण्डारा अस्पतालका प्रमुख डा विनोद रिजालले बताए । उनका अनुसार अस्पतालमा आफै आएका विमारीलाइ एम्वुलेन्स सेवा लिन आफूहरुले रिफर समेत गर्ने गरेको डा रिजालले बताए । एक पटक मात्र भएपनि पहाडमा अस्पतालको एम्वुलेन्स पुग्यो भने यसको प्रभावकारी र सेवाको बिषयमा जनताले थाहा पाउनेछन । अनि पहाडमा एम्वुलेन्स प्रयोग बढ्ने उनकाृ विश्वास रहेको छ । अस्पतालले वृद्ध र दिर्घरोगि, क्यान्सर जस्ता विमारीलाइ समेत निशुल्ल एम्वुलेन्सको व्यवस्था गरेको छ । नियमति अस्पताल आउने जानु पर्ने विमारीको आर्थिक अवस्थालाइ मध्यनजर गदै सेवा दिइरहेको अस्पतालले जानकारी दियो । अहिले सम्म राप्ती १० का ४८ जना, ११ नं वडाको ३६ जना , १२ नं वडाका ३७ जना र १३ नं वडाका १३ जना गरी १ सय ३४ जना विमारीले निुशल्क सेवा लिइ सकेको छन । यसका अलवा क्यान्सरका ८ जना र डायलिसिस का १२ जना विमारीले पनि निशुलक सेवा पाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार