नारायणी फ्युलको वहार – धेरै पटक पेट्रोल हाल्ने अटोलाइ टायर उपहार

राप्ती । राप्ती र खैरहनीको सिमाना स्थित खुरखुरेमा रहेको नारायणी फ्युल सेन्टर र नारायणी ट्रेडिङ्ग सेन्टरले अटो व्यवसायी विच अन्र्तक्रिया गरेको छ । आइतवार पम्पमै आयोजना गरिएको अन्र्तक्रियामा सवैभन्दा धेरै पटक तेल हाल्ने अटोलाइ पुरस्कृत गरिएको छ । यसका साथै महिनाभरी आएर पेट्रोल हाल्ने ६८ जना मध्ये लक्कि ड्र मार्फत तिन जनालाइ पुरस्कृत गरिएको छ । जसमध्ये लक्कि विजेतालाइ अटोमा लाग्ने सिट टायर पुरस्कार दिइएको छ । सवैभन्दा बढी पेट्रोल हालेर पुरस्कार अटो चालक वेल बहादुर थापाले पुरस्कार पाएका छन । लक्कि ड्र मार्फत तेस्रो पुरस्कार भिम प्रसाद प्रजा, दोस्रो पुरस्कार सोमनाथ दराइ र प्रथम पुरस्कार भने मेघनाथ दमाइले पाएका छन । मेघनाथले अटोमा लाग्ने सिट आएर पुरस्कारमा पाएका छन । कार्यक्रममा सिट टायरका नेपालका प्रतिनिधिले यसको गुणस्तरको विषयमा प्रकाश पारेका थिए । साथै अटो व्यवसायीलाइ ट्राफिक नियम र यसको प्रभावकारिताको बिषयमा इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी प्रमुखले सहजीकरण गरेका थिए । कार्यक्रम नेपा लाइफ इन्स्युरेन्स खुरखुरेकी दर्गा भट्टराइले जिवन विमाको बिषयमा सहजीकरण गरेकी थिइन । कार्यक्रममा आयोजक कम्पनी नारायणी फ्युल सेन्टर तथा नारायणी ट्रेडिङ्ग सेन्टरका निर्देशक जयराम कडेलले कार्यक्रम गर्नुको उद्देश्य तथा यसको प्रभावकारिताको बिषयमा जानकारी गराएका थिए । उनले अटोको इन्जिनलाइ मजवुत वनाउनको लागी प्रयोग गरिने पेट्रोलमा शुद्धता हुनुपर्ने र यसको लागी खुरखरेको नारायणी फ्युल वाहेक अर्काे विकल्प नरहेको उनले बताए । उनले नारायणी फ्युल प्रयोग गर्दा आउने समस्याको पुर्ण जिम्मेवारी आफुले लिने भन्दै त्यस्ता समस्या आएमा नया अटोनै किनि दिने प्रतिवद्धता व्यक्त गरे । उनले सिट टायरको प्रयोग र यसको गुणस्तरियताको बिषयमा समेत जानकारी गराएका थिए । कार्यक्रममा ५० जना अटो व्यवसायीको सहभागिता रहेको थियो । सवै अटो व्यवसायीलाइ टिर्सट उपहार दिइएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार