राप्ती । राप्ती नगरपालिका वडा नं ८ ले बैशाख २८ मा भएको तालावन्दिको बिषयमा बिज्ञप्ति निकालेको छ । वडाले बार्षिक कार्यक्रम अन्र्तगत वितरण गदै आइरहेको सुत्केरी महिला तथा पोषण कार्यक्रमको राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गदै वडाध्यक्षको कार्यकक्षमा तालावन्दि गरेको थियो । वडाध्यक्ष पुर्ण प्रसाद आचार्यले हस्ताक्षर गरेका विज्ञप्तिमा लेखिएको छ “प्रस्तुत बिषयमा राप्ती नगरपालिका वडा नं ८ को वडाध्यक्षको कार्यकक्षमा मिती २०८० बैशाख २८ गतेका दिन राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं ८ समितीले यस कार्यालयले बैशाख १७ गते सुत्केरी महिला तथा पोषण कार्यक्रम अन्र्तगत वितरण गरिएका सामाग्रि र सो को विल भरपाइको बिषयमा चित्त नबुझेको भन्दै लगाएको तालावन्दि प्रति घोर आपत्ति रहेको छ । साथै तालावन्दि संगै वडाध्यक्षको गैर जिम्मेवारी जवाफ भन्ने बिषय प्रति समग्र वडा परिवारको आपत्ति रहेको छ । छलफल वाट समस्या समाधान हनुे कुरालाइ तालावन्दी गरेर अराजकशैली देखाएको व्यवहार प्रति घोर आपत्ति जनाउदछौ । वडा कार्यालयको गरिमा र प्रतिष्ठाप्रति आँच आउने किसिमको अर्नगल प्रचार र रा स्व पा पार्टीले उठाइएको प्रश्न र जिज्ञाशाको सामुहिक बसेर छलफल गर्दा विल तथा भरपाइमा समस्या नभेटिएको र सो कार्यक्रमको उद्देश्य अनुसारको काम भइ आएको पाएपछि तालावन्दी खोलिएको हो । यो विचमा रा स्व पा ले वडा कार्यालयलाइ दिएको रचनात्मक सुझाव प्रति धन्यवाद व्यक्त गदै,वडाको कुनै काम वा निर्णयको बिषयमा चित्त नबुझेमा सर्वदलिय बसेर छलफल गरी समस्या समाधान गरिने तर विरोधको नाममा कार्यालयमा तालावन्दी गर्ने, वा अन्य गलत क्रियाकलाप गर्ने कुरामा सिंगो वडा कार्यालय विरोध गदै यस किसिमको गलत क्रियाकलापको खण्डन गर्दछ । समृद्ध वडाको लागी सदा सदैव यहाहरुको राय र सुझावमा हामी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ । ”