पूर्व जनप्रतिनिधि कुँवर र चौधरीलाई राप्ती-६ को सम्मान राप्ती

। राप्ती नगरपालिका वडा नम्बर ६ कि पूर्व जनप्रतिनिधिहरु पुस्पा कुँवर र कौशिला चौधरीलाई वडाले सम्मान गरेको छ । जनप्रतिनिधि रहँदा ५ बर्ष निरन्तर जनताको सेवामा लागेको भन्दै वडाले एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो । पुस्पा राप्ती नगरपालिकाकी पूर्व कार्यपालिका सदस्य एवं वडा ६ कि पूर्व वडा सदस्य हुन् र कौशिला पूर्व वडा सदस्य हुन् । पुस्पा अहिले वडा ६ कि मेलमिलाप संयोजक छिन् । कुँवर अष्ट्रेलियाको भ्रमणका लागि मंगलबार जाँदैछिन् । वडा अध्यक्ष जल्लु महतोले उनको सफल र सुरक्षित यात्राको कामना गरेका छन् । वडामा रहँदा कुँवर र चौधरीले अतुलनीय योगदान दिएको उनको भनाइ छ । आफू वडाको काममा रहनु पर्दा उनीहरुको सक्रियतामा योजनाका कामहरु अगाडि बढेको उनले बताए । आफूले पहिलो कार्यकालमा नगरपालिकामै ऐक्यबद्धताको सन्देश दिएको वडा अध्यक्ष महतोले बताएका छन् । सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गुनु विक, न्यायिक समिति सदस्य ममिता कुँवर, वडा सदस्यहरु राजकुमार तामाङ र सहदेव सेढाई, पूर्व कार्यपालिका सदस्य दिल कुमारी थिङ, राप्ती-५ का पूर्व वडा सदस्य खिलकान्त रुवाली, समाजसेवी पुरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव तीर्थराज खनालले गरेका थिए । प्राविधिकलाई बाइक हस्तान्तरण राप्ती नगरपालिका वडा ६ ले खरिद गरेको बाइक प्राविधिक जयकृष्ण ठाकुरलाई हस्तान्तरण गरिएको छ । फिल्ड सर्वेको लागि धेरै हिड्नुपर्ने हुँदा बाइक खरिद गरिएको वडा अध्यक्ष महतोले बताएका छन् । वडाले पल्सर १५० सिसिको बाइक खरिद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार