पिप्ले खानेपानीको अध्यक्षमा पुन भट्ट

पिप्ले । पिप्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति राप्ती २ को अध्यक्षमा राजकुमार भट्ट अत्यधिक मतले विजयी भएका छन । भट्टले ९ सय २३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी कृष्ण प्रसाद पाण्डेले १ सय मत प्राप्त गरेका थिए  । यसअघि उनि अष्टे«लियामा बसेरै वारिसनामा वाट चुनाव जितेका थिए । समितीको उपाध्यक्षमा उद्धब प्रसाद सिलवाल , कोषाध्यक्षमा राम प्रसाद बर्तौला(बिनोद) सचिवमा रामेश्वर गौतम निर्विरोध निर्वाचित भएका छन । गौतमको यो दोस्रो कार्यकाल हो । समितीको सहसचिवमा गोकर्ण बहादुर बिसुन्के , महिला सदस्यमा शिष्टता थपलिया (सुस्मिता ) बिष्णुदेबि ठकुरी निर्वाचित भएका छन । खुल्ला सदस्यहरुमा बुद्धिराज उप्रेती,चन्द्र बहादुर राई,बिस्णु प्रसाद ढकाल,लिलानाथ घिमिरे निर्वाचित भएका हुन । शनिवार राति परिणाम आएको हो । जम्मा १ हजार ६ सय ६० मत खसेकोमा १ हजार १ सय २३ मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार