मुग्लिन–नारायणगढ सडक हुदै यात्रा गर्नेले लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा सहित नेपाली टिपिकल खाना र ढिंडो खान पाईने
मुग्लिन । तपाई मुग्लिन–नारायणगढ सडकखण्ड हुदै यात्रा गर्दै हुनुहुन्छ र हाईवेमा राम्रो खाना कहाँ खान पाईन्छ भनेर चिन्तामा हुनुहुन्छ भने त्यो चिन्ता अब हट्ने भएको छ । किनकी बिहिबार देखि उक्त सडकको खण्डको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने पाँचकिलो भन्ने स्थानमा राजमार्गमा यात्रा गर्नेहरुलाई नै लक्षित गरेर सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट संचालनमा आएको छ । भर्खरै संचालनमा आएको होटल सोल्टी भिलेजमा विशेष गरेर नेपाली टिपिकल खाना पाईने संचालक चित्र सोल्टी गुरुङले बताए । होटल संचालक गुरुङका अनुसार होटलमा नेपाली खाना सेट दालभात तरकारी अचारका साथै कोदो र मकैको ढिंडो खान पाईन्छ । साथमा गाउँघरको अग्र्यानिक सिस्नो पनि हप्तामा एक दिन खान पाईनेछ ।
‘यतिमात्र नभै हामी कहाँ गाउँघरमै पालेको लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा, बफ सुकुटी, सेकुवा पाईन्छ’ –उनले भने ‘जनजाती समुदायमा प्रचलित शुद्ध कोदोको तिनपाने जुस, छ्याङ, पूर्वको चर्चित तुम्बा र सुकुटी समेत हामी उपलब्ध गराउछौ’ । साथै होटलमा बसेर त्रिशुली नदीको सुन्दर दृश्यहरु हेर्दै आनन्दले खाना खान सकिने बताए ।
यस्तै होटलमा विस्तारै इच्छाकामना र आसपासमा उत्पादन हुने लोकल कृषि उत्पादनहरु मह, बोडी, मासको दाल, बेसार लगायत वस्तुहरु समेत कोसेलीको रुपमा खरिद गरि लैजाने व्यवस्था हुने बताए ।
सोल्टी भिलेजमा पुग्न मुग्लिन बजारबाट नारायणगढतर्फ जादाँ ५ किलो मिटर अगाडी पुग्नुपर्दछ भने नारायणगढबाट काठमाण्डौतर्फ जादा ३१ किलोमिटर अगाडी पुग्नुपर्नेछ । यस्तै चितवन जिल्लाकै चर्चित पर्यटकीयस्थल जलविरे लामो झरना अवलोकन गर्न जादा त्यहाँबाट करिब १ किलोमिटर अगाडी मुग्लिनतर्फ जादा सोल्टी भिलेजमा सजिलै पुग्न सकिन्छ ।
राजमार्गमा टिपिकल नेपाली खाना ढिडो खुवाउने गरि नयाँ होटल सोल्टि भिलेज खुल्यो
