राप्तीका महिला स्वयसेविकालाइ आखा स्वास्थ्य शिक्षा तालिम

 

राप्ती । राप्तीका महिला स्वास्थ्य स्वंय सेविकालाइ आखा स्वास्थ्य शिक्षा तालिम दिइएको छ । भरतपुर आखा अस्पतालको सहयोगमा भण्डाराको आखा अस्पताल केन्द्रमा तालिम दिइएको हो । तालिममा भण्डाराको आखा उपचार केन्द्रमा के के सेवा उपलव्ध रहेका छन भन्ने बिषयमा जानकारी दिइएको थियो । यसका अलवा साना साना नानीवावुमा के कस्ता आखाको समस्या हुन सक्छन भन्ने बिषयमा स्वास्थ्य स्वय सेविकालाइ त्यसका लक्षणको बिषयमा जानकारी दिइएको थियो । कस्तो कस्तो आखाको समस्या आउदा कहा कहा उपचारको लागी सम्र्पक गराउने भन्ने बिषयमा अस्पतालका आउटरिच को अर्डिनेटर रमेश घिमिरे जानकारी गराएका थिए । उनले प्रत्यक्ष जनतासंग स्वयमसेविका दिदीहरु भेटघाट हुने भन्दै उहाहरुलाइ आखाका विमारीका लक्षणहरुको बिषयमा जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं राप्ती नगर प्रमुख शमशेर लामाले आखा अस्पतालको प्रभावकारीता र यसको महत्वको बिषयमा प्रकाश पारेका थिए । उनले आजको दिन सम्म आखा उपचार केन्द्रमा आउने विमारीले सकरात्मक काम गरिरहेको र यो निकै उत्सहाजनक उपस्थिती रहेको बताएका थिए । अहिले सरदरमा दिनमा ५ वा ६ जना भन्दा बढी विमारी आखाको उपचारमा आउने उनले बताए । भण्डारामा आखा उपचार केन्द्र छ भन्ने जानकारी नभएर यस उपस्थिती कम भएको भन्दै लामाले सवैलाइ सुचना प्रवाह गर्न नमिल्ने बताए । यसकारण जनाताइ आखा अस्पतालको प्रचार गरि दिन उनले अुनरोध गरे । सहभागिले तालिम प्रभावकारि रहेको बताए थिए । भण्डाराको आखा उपचार केन्द्रको बिषयमा भण्डाराका इन्र्चाज रोशन पौडेलले बताएका थिए । कार्यक्रमा राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार