राप्ती- ६ द्वारा संस्कृति संरक्षणको लागि थारु भेषभुषा हस्तान्तरण

 

राप्ती । राप्ती नगरपालिका वडा नम्बर ६ द्वारा संस्कृति संरक्षणको लागि थारु भेषभुषा हस्तान्तरण गरिएको छ । वडाले हर्दी जितवाहन समूहलाई थारु संस्कृति झल्किने ब्लाउज र साडी हस्तान्तरण गरेको हो । जातीय संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत ५० हजार बजेटबाट ५५ थान भेषभुषा हस्तान्तरण गरिएको छ ।

वडा सचिव तीर्थराज खनालले सँस्कृति रहे नै आफ्नो पहिचान रहने बताए । वडाले विगत देखि नै भाषा र सँस्कृतिको लागि काम गर्दै आएको उनले बताएका छन् ।

वडा अध्यक्ष जल्लु महतो थारुले यसभन्दा अघि ज्येष्ठ नागरिकहरुलाई वाद्यवादनको सामाग्री वितरण गरेको बताए । यसैगरि ब्राह्मण तथा क्षेत्रीहरुलाई सँस्कृति झल्किने साडी वितरण गरिएको पनि उनले बताए । वाषिर्क कार्यक्रममा पाँच लाख छुट्याइएको र यसैबाट सँकृति बचाउनको लागि वडाले काम गरिरहेको उनले बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गुनु विक, राप्ती नगर न्यायिक समिति सदस्य ममिता कुँवर, वडा सदस्यहरु राजकुमार तामाङ, सहदेव सेढाई लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार