राप्तीको १५ औ कार्यपालिका बैठक – कान्दामा सडकको ट्रयाक र आधारभुत स्वास्थ्य केन्द्र खोल्ने निर्णय

spot_img

बैशाख १५ मा पालिकाको जम्वो टिम कान्दा पुगेको थियो । हामी त्यहा पुग्दा देखेका र भोगेका कुराले हामीलाइ भावविह्वल त बनायो । तर हेरेर मात्र भएन काम पनि गर्नुपर्ने भएकोले कान्दामा सडक र स्वास्थ्य केन्द्र खोल्ने निर्णय भएको हो ।
– नगर प्रमुख शमशेर लामा

सुनेको मात्र थिए, कान्दा विकट हो भनेर तर आफै जाँदा मात्र अनुभव भयो । कान्दाको विकास अति आवश्यक देखे र यसका लागी सडक र स्वास्थ्य केन्द्र तत्काल खोल्नुपर्ने देखियो । यसको लागी हामी का गर्छाे ।
– नगर उप प्रमुख देवेन्द्र लामा

राप्ती नगरपालिकाको विकट मानिएको कान्दामा सडक पुग्ने भएको छ । पालिकाको विहिवार बसेको १५ औ नगर कार्यपालिकाको बैठकले कान्दामा ट्याक खोल्न बजेट विनियोजन गर्ने भएको हो । कान्दाको लागी अहिले ५० लाख बराबरको रकम व्यवस्थापन गरेर ट्रयाक खोल्न सुरु गरिने राप्ती नगर प्रमुख शमशेर लामा बताए । लामाले राप्ती नगरपालिकाको टिमनै विभिन्न कार्यक्रमको लागी कान्दा पुग्दा स्थलगत अनुगन गदै तत्काल सडक विस्तार गर्ने योजना बनेको बताए । म सहित नगर उपप्रमुख सहित बैशाख १५ मा कान्दा गएका थियौ । त्यहाका जनताले सडक र शिक्षा मागे । हामी त्यहि कुरा पुरा गर्न लागि पर्नेछौ । कान्दामा सडक पुग्नको लागी अव कसैले रोकछेक गर्न नसक्ने लामाको ठोकुवा रहेको थियो । उनले कान्दामानै आधारभुत स्वास्थ्य केन्द्र समेत निर्माण गरिने बताए । १ सय ५० भन्दा बढी घरधुरी रहेको कान्दामा एउटा सिटामोलको लागी ४ घण्टा हिड्नु पर्ने बाध्यताको अन्त्य हुने बताए । जनताको पिडा र दुख देखेर हामीले अर्काे आर्थिक बर्षमा होइन अहिलेनै सडक र स्वास्थ्य केन्द्रको लागी कार्यपालिका वाट प्रस्ताव पारित गरेका छौ । बैठकले राप्ती ११ को डुम्रेखाडीको ६८ घरधुरीको जग्गाको निस्सालाइ रातो पुर्जाको लागी आवश्यक प्रकृयको लागी अगाडी बढाएको छ । अव चाडै डुम्रेखाडीका ६८ परिवारले रातो पुर्जा पाउने भएका छन । नगर उपप्रमुख देवेन्द्र लामाका अनुसार पालिकाले जनताको सेवाको लागी काम गर्ने भएपछि किन ढिला गर्ने भनेर अहिलेनै यो निर्णय गरेको बताए । उनले म आफैपनि कान्दा पुग्दा जति असहज महसुश गरे त्यहाको जनताको आत्मियता र आशा देखेर मलाइ सडक तत्काल विस्तार गर्नुपर्ने अवस्था देखे । कान्दा वाट फर्किए लगत्तै हामीले सडकको लागी काम गर्ने तयारी गरेका हौ । यो काम अव तत्काल सुरु हुन्छ । वजेट सानो भएको र अहिले उपभोक्ताको माध्यम वाट काम गर्ने बताए । उनले यसको लागी आवश्यक प्रक्रिया समेत सुरु हुने बताए । बैठकले केहि खोलाको नदिजन्य पदार्थ खरिद विक्रिको लागी आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । कक्षा ५ र ८ को उत्तिर पुस्तिका चेकजाँचमा लापरवाहि गर्नेलाइ कारवाहि गर्ने निर्णय गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार