राप्ती-६ द्वारा १३ घरधुरीलाई जस्ता वितरण राप्ती

राप्ती नगरपालिका ६ ले खर र परालको छानो विस्थापित कार्यक्रम अन्तर्गत स्थानियलाई जस्तापाता वितरण गरेको छ । राप्ती ६ मा बसोबास गर्ने १३ घरधुरीलाई जस्ता वितरण गरिएको हो । वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित ५ लाख बजेटमा सो घरधुरीलाई जस्ता वितरण गरिएको छ । प्रत्येक घरधुरीलाई ९ फुटको १८ पाता जस्ता वितरण गरिएको वडा सचिव तीर्थराज खनालले बताए । स्टमेट गरेर जस्ता वितरण गरिएको उनले बताएका छन् । यस्तै वडा अध्यक्ष जल्लु महतो थारुले प्राथमिकताको आधारमा जस्ता वितरण गरिएको बताए । यस भन्दा पहिला कार्यकालमा १० लाख छुट्याइएको पनि उनले बताए । भौगोलिक आधारमा वडा ठूलो भएकोले विस्तारै सबै खर र परालको छानालाई विस्थापित गर्ने लक्ष्य सहित आफूहरु अगाडि बढेको वडा अध्यक्ष महतोले बताएका छन् । कार्यक्रममा वडा सदस्यहरु सहदेव सेढाई, राजकुमार तामाङ , वडा ६ मेलमिलाप संयोजक पुस्पा कुँवर, पूर्व वडा सदस्य कौशिला चौधरी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार