राप्ती । विहिवार राप्ती ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी वडा कमिटीले वडाध्यक्षको कार्यकक्षमा तालावन्दि गर्यो । वडाको आर्थिक बर्ष २०७९÷०८० को बजेट अनुसार सुत्ेकरी महिला तथा पोषण कार्यक्रम प्रभावकारी नभएको भन्दै तालावन्दि गरिएको वडा कमिटीले विज्ञप्तिमा उल्लेख गरेको छ । वडाले २ लाख रुपैया बजेट राखेको र सो वापतको काम भए नभएको भन्दै रा स्व पा ले विरोध गरेको हो । सोहि अनुसार विहिवार विहान कार्यालय खोलिने वित्तिकै रा स्व पा वडा कमिटीले कार्यवहाक वडाध्यक्ष दिपक अधिकारीसंग छलफल गरेको थियो । अधिकारीले सुत्केरी महिला तथा पोषण कार्यक्रमको विल भरपाइ जम्मा भइरहेको तर पुरा हुन वाकि रहेको जानकारी गराएका थिए । उनको जवाफ चित्त वुझदो भएन भन्दै रा स्व पाको टोलिले वडाध्यक्षको कार्यकक्षमा तालावन्दि गरेका थिए । यो बिषयमा आवश्यक छलफलको लागी पुन विहिवार ४ बजे कार्यवहाक वडाध्यक्ष दिपक अधिकारीको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा वडाले गर्ने कामलाइ प्रभावकारी बनाउदै जनतामुखि बनाएर अघि बढ्ने निर्णय गरेको छ । वडाको सवै काम पारदर्शि हुने र यसको लागी वडाले आवश्यक सवै दल वा प्रतिनिधिसंग प्रभावकारी छलफल गर्ने निर्णय भएको हो । सुत्केरी महिला तथा पोषण कार्यक्रमको बिषयमा सार्वजनिक रुपमा जानकारी गराउने माध्यम प्रयोग नगरेको भन्दै अन्य प्रकृयागत ऋटि भेटिएमा सम्वनिधत पक्षले सुधार गर्नुपर्ने बताए । वडाले अव हरेक जनतालाइ सहजीकरणको लागी सार्वजनिक सुनुवाइ कार्यक्रम समेत गर्ने भएको छ । पोषण कार्यक्रमको बिषयमा गलत बुझाइ भएको भन्दै आगामी दिनमा यसका लागी सहजीकरण गर्ने र गराउने बिषयमा बैठकमा निणर्य भएको छ । बैठकमा कार्यपालिका सदस्य भक्त बहादुर सुनार, वडा सदस्य अम्विका थपलिया, कमला विश्वकर्मा, सुव्वा लामा,वडा सचिव बिष्णु अधिकारी, वडाध्यक्ष पुर्ण प्रसाद आचार्यको बिशेष उपस्थिती रहेको थियो । राप्ती नगरपालिका पुर्व उपप्रमुख इमानसि लामा, राष्ट्रिय स्वतन्त्र पाटीका नगर सभापति तिलक कार्कि, वडा सभापति हरीहर कोइराला, वडा कमिटी सचिव सोम प्रसाद अधिकारी , इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख श्याममणी पोखरेल, पत्रकार पुर्ण बहादुर मगर “बिशाल” महिला स्वयसेविकाहरुको उपस्थिती रहेको थियो ।