पुर्व जनप्रतिनिधि पाण्डे खानेपानीको उपाध्यक्ष पदका उम्मेदवार

राप्ती । स्थानिय संघसंस्थामा पुर्व जनप्रतिनिधिको चासो बढेको छ । २०७४ मा निर्वाचित तर ७९ मा आएर चनाव नलडेका जनप्रतिनिधिले स्थानिय संघ संस्थाको निर्वाचनमा नेतृत्व मागि रहेका छन । बैशाख ३० मा हुने पिप्ले खानेपानी तथा सरसफाइ उपभोक्ता स.स्थाको उपाध्यक्षमा राप्ती २ का पुर्व वडा सदस्य ज्ञान बहादुर पाण्डेले उम्मेदवारी दिएका छन । पाण्डेले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका हुन । पाण्डेको चुनाव चिन्ह हवाइजहाज रहेको छ । पाण्डे २०७४ को निर्वाचित जनप्रतिनिधि हुन । उनले स्थानिय तहमा सो समयमा लोभ लाग्दो मत प्राप्त गरेका थिए । पाण्डे आफ्नो ५ बर्षको जनप्रतिनिधि जिवन पछि अहिले सामाजिक काममा व्यस्त रहेका छन । उनले सामाजिक काममा आफुलाइ सक्रिय बनाएका छन । नया जनप्रतिनिधि आएपछि पनि पाण्डेले घर विहिनको घर बनाएका छन । उनले घर निर्माण देखि खानेपानी तथा विपन्न परिवारको लागी थुप्रै काम गरिरहेका छन । पाण्डेले स्थानिय समस्या बुझेर पालिकासंग सहजरुपमा पुलको काम गरिरहेका छन । पाण्डेले २०७४ मा वडा सरकार भएर काम गरे अहिले खानेपानी संस्थाको माध्यम वाट जनतालाइ सेवा गर्न चाहान्छु । जनतालाइ खानेपानी खुवाउने अभियानमा म सदैव लागि पर्नेछु । उनले पिप्ले खानेपानीसंग आफ्नो पुरानो सम्वन्ध रहेको र यसको लागी आवश्यक सहकार्य गर्न पनि आफु सक्षम रहेकाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । उनले अन्य प्रत्यासि पनि सक्षम हुनुहुन्छ तर पनि कामनै गरेर अघि बढ्ने सवालमा भने म अझ सहजीकरण गर्न सक्छु । जनताले खानेपानीमा कुनै पनि समस्या नपाउन भनेर मैले उपाध्यक्ष पदमा रहि काम गर्ने योजना बनाएको हुँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार