उत्तर पुस्तिका चेकजाँचमा लापारवाहि गर्ने शिक्षकलाइ कारवाहि गर्छु : नगर प्रमुख लामा

राप्ती । राप्ती नगरपालिकाले सामुदायिक विद्यालयको उत्तर पुस्तिका चेकजाँचमा हेल्चेक्राइ गर्ने शिक्षकहरुलाइ कारवाहि गर्ने भएको छ । कक्षा ५ र ८ को उत्तर पुस्तिका चेकजाचमा केहि शिक्षकहरुले नियम भन्दा वाहिर गएर काम गरेको भन्दै कारवाहि गर्ने नगर प्रमुख शमशेर लामाले बताए । नगर प्रमुख शमशेर लामाका अनुसार १० जनाले परिक्षा दिएकोमा शिक्षक आफैले परिक्षा दिै १३ जना परिक्षार्थी संख्या पुर्याएको, परिक्षामा प्राप्त अंक भन्दा निकै कम अंक दिएर विद्यार्थी फेल गराएको लगायतका हेलच्येक्राइ भएको हो । यसरी गलत नियतवश उत्तर पुस्तिका चेकजाच गरेकोमा शिक्षकहरुलाइ कारवाहि गर्ने नगरपालिकाको तयारी रहेको छ । शिक्षकहरुलाइ लिखित जवाफ माग गर्दा चित्त बुझ्दो जवाफ पनि नआएको भन्दै अव पुन बैठक राखि यसको निर्णय गरिने प्रमुख लामाले बताए । मंगलवार बसेको नगर शिक्षा समितीको ५० औ बैठकले निशुल्क शिक्षा अभियान अन्र्तगत सवै विद्यालयलाइ बैशाख देखि असार सम्मको पेश्कि रकम दिने तयारी गरेको छ । यसका अलवा शिक्षक दरवन्दि मिलानको बिषयमा समेत निर्णय हुने लामाले बताए । लामाका अनुसार आगामी शैक्षिक सत्रमा आवश्यक खर्च र त्यसको बिषयमा पालिकाले जानकारी मागेकोमा जम्मा ८ वटा विद्यालयले आवश्यक समन्वय गरेको बताए । राप्ती नगर उपप्रमुख देवेन्द्र लामाले शिक्षा जस्तो बिषयमा शिक्षक आफैले गरेको गल्तिमा माफी दिन नहुने बताए । बर्षभरी मेहिनत गरेका विद्यार्थीको बर्ष २०८० लाइ पालिकाले निशुल्क शिक्षा आरम्भ भन्दै अभियान चलाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार