नगरस्तरिय सामुदायिक वनमा तामाङ्ग

राप्ती । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राप्ती नगरस्तरिय समितीमा फत्तेजंग तामाङ्ग र्निविरोध अध्यक्ष भएका छन । तामाङ्गलाइ निवर्तमान अध्यक्ष सिताराम वलले आवश्यक कागजपत्र बुझाउदै अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेका हुन । राप्ती नगरपालिकामा रहेका २५ वटा सामुदायिक वनको नेतृत्वको अवसर मिलेको भन्दै तामाङ्ग नगरभरीका वनको उत्थानको लागी काम गर्ने बताए । अहिले नगरभरीका सामुदायिक वनमा आगोलागीको समस्या भएको भन्दै यसको न्युनिकरणको लागी काम गर्ने उनले बताए । सवैले दिनु भएको जिम्मेवारीको इमान्दारिताको साथ पुरा गर्ने तामाङ्गले प्रतिवद्धता जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार