अमृतपानी खानेपानीमा घलेको प्यानलनै विजयी

राप्ती । अमृतपानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सोमवार सम्पन्न निर्वाचनमा गंगासिह घलेको प्यानलनै निर्वाचित भएका छन । घलेले आफ्नो निकटतम प्रतिद्धन्दि बुद्धिराज थपलियालाइ २ सय ७४ मतान्तरले पराजित गरेका हुन । घलेले ५ सय मत ल्याउदा बुद्धिराज थपलियाले २ सय २६ मत ल्याएका हुन । घलेको संस्थामा चौथ्यो पटकको नेतृत्व गरेका छन । उपाध्यक्षमा धनवहादुर सुनार, सचिवमा खिलप्रसाद थपलिया, सहसचिवमा यदुकुमार कडेंल र कोषाध्यक्षमा प्रकाश चालिसे विजयी भएका छन । सदस्यहरुमा रिमवहादुर घर्ती,मोनिका तामाङ,नर्व लामा,थलनाथ गिरी,सागर सुवेदी,गोविन्द प्रसाद न्यौपाने विजयी भएका हुन । यता लेखा समिति संयोजकमा पावल थापा तथा सदस्यहरुमा ओम प्रसाद रिजाल र सन्तवहादुर तामाङ विजयी भएका छन । १ हजार ४ सय ९० उपभोक्ता रहेको स.स्थाले राप्ती नगरपालिका वडा नं ७ र ८ को जनतालाइ खानेपानीको सेवा दिदै आइरहेको छ । यो निर्वाचनमा ९ सय ८० जना उपभोक्ताले मतदान गर्न पाउने भएपनि जम्मा ७ सय ६४ मत खसेको थियो । निर्वाचन निकै सौहाद्रपुर्ण वातारणमा सम्पन्न भएको निर्वाचन समिती संयोजक घनश्याम कडेलले बताए । उनका अनुसार ९ सय ८० जनाले मतदान गर्नुपर्नेमा ७ सय ६४ जनाले मात्र मतदान गरेको बताए । मतदानको प्रकृयामा कुनै पनि वाधा नआएको भन्दै शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको उनले बताए ।
निर्वाचनमा एमालेको प्यानलको विरुद्ध काग्रेस,माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एस लगायतका राजनैतिक दलको गठबन्धन रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार