राप्तीमा सम्पन्न महायज्ञमा २३ लाख रुपैया संकलन


राप्ती । राप्ती नगरपालिका वडा नं १ मा आयोजना भएको महायज्ञमा २३ लाख रुपैया बराबरीको कारोवार भएको छ । वडामा बहुउद्देश्यि सभा हल निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा प्रमुख अतिथि रहनु भएको समापन कार्यक्रममा नगद तथा जिन्सि सहयोग गर्नेलाइ सम्मान गरिएको थियो । उपप्रमुख लामाले सामाजिक काममा सहयोग गर्ने सम्पुर्णवासीलाइ धन्यवाद दिए । लामाले सामाजिक काममा सधै सहयोग गर्नुपर्ने बताए । जुन उद्देश्यले महायज्ञ लागिएको हो सो हिसावको काम हुनुपर्नेमा लामाले बताए । लामाले सामाजिक काम गर्ने जिम्मेवारी स्थानिय तहको भएपनि स्थानियले महायज्ञ लगाएर रकम संकलन गर्नु उदारणिय काम भएको बताए । करिब २३ लाख रुपैयाको आम्दानी भएकोमा १२ लाख रुपैया खर्च भएको महायज्ञ मुल आयोजक समितीका संयोजक राममणी ओलीले बताए । महायज्ञमा पण्डित श्री दिपक प्रसाद पौडेलले कथा वाचन गरेका थिए । महायज्ञमा नाटक, संगितमय कथा प्रस्तुत गरिएको थियो । पौडेलले अहिले सम्म २ सय ७० भन्दा बढी महायज्ञमा कथा वाचन गरि सकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार