राप्तीमा दुव्र्यसनी विरुद्धको अन्र्तक्रिया सम्पन्न

राप्ती । राप्तीमा युवा दुव्र्यशनी विरुद्धको अभियान कार्यक्रम सम्पन्न भएको छ । आइतवार लियो क्लव अफ स्टार चितवनको आयोजनामा भण्डारा माविमा भएको कार्यक्रममा स्थानिय युवाहरुको सहभागिता रहेको थियो । पालिकाका युवाहरुको सहभागिता रहेको कार्यक्रममा इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख श्याममणी पोखरेलले युवा दुव्यर्सनीको बिषयमा सहजीकरण गरेका थिए । उनले युवाहरु थाहै नपाइन कसरी दुव्र्यसनि हुन्छन र यसले कसरी अपराधको बाटोमा जान्छन भन्ने कुराको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा भन्डारा माविका प्रधानाध्यापक कुमार लामा ,लियो जिल्ला परिषद ३२५ आर नेपाल लायन बर्ष २०२२ र २३ का जिल्ला उपाध्यक्ष तथा लायन बर्ष २०२३ र २४ को निर्वाचित जिल्ला अध्यक्ष लियो किरण लामिछाने सपोर्ट एण्ड केयरका प्रशिक्षक लियो क्लब अफ रत्ननगर बेल्छिका अध्यक्ष लियो प्रकाश शाह, भन्डारा माविका शिक्षक संगम बतौला , रिजनल चियर पर्सन ९९ का लियो निरज कडेल , लियो क्लब अफ चितवन इष्टका लियो सुजन सिलवाल , लियो क्लव अफ चैनपुुर ज्यामिरेका अध्यक्ष लियो निशान कडेल , लियो क्लव अफ रत्ननगर शान्तिचोक को अध्यक्ष लियो रोशन तिमिल्सिना , लियो क्लब अफ रत्ननगर मडि नेपालका बर्ष २०२३ र २४ को निर्वाचित अध्यक्ष समिर अधिकारी , लियो क्लव अफ रत्ननगर बेल्छिका २०२३ र २४ को निर्वाचित अध्यक्ष लियो राजेन्द्र सापकोटा, लियो क्लव अफ रत्ननगर बर्ष २०२३ र २४ को निर्वाचित अध्यक्ष लियो विदुर खनाल लगायतकाको उपस्थिती रहेको थियो । वडा नं ५ ले आर्थिक सहयोग गरेको कार्यक्रममा राप्ती नगरपालिका वडा नं ५ का वडा सदस्य चुडामणी शर्मा, वडा नं ६ का वडा सदस्य सहदेव सेढाइ लगायतको उपस्थिती रहेको आयोजक अविप कडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार