कोशेलीको घर नगरको गौरव हो : प्रमुख लामा

राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले कोशेली घर निर्माण हुनु गौरवको कुरा भएको बताएका छन । प्रमुख लामाले पालिकामा उत्पादन भएका सिपमुलक सामान, कृषिजन्य सामानको प्रयोग प्रर्दशन गर्न सकिने बताए । उनले कृषि उत्पादनका सामाग्रि प्रदृशन हुने यसले व्यवसायिक उत्पादनमा टेवा पुग्ने बताए । यसका अलवा सिपमुलक सामानको प्रर्दशनको कारण पालिका वाहिर समेत व्यवसायिक सम्वन्ध विस्तार हुने । यसले आय आर्जन त भइरहन्छनै यसका अलवा उत्पादन भएका सामानहरु समेत प्रयोगमा आउनेछ । लामाले वागतमी प्रदेशको सहयोगमा निर्माण हुन लागेको कोशेलीको घरको व्यवस्थापनमा वडा नं ५ रहेको र आवश्यक सहयोग पालिकाले गर्ने बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार