राप्ती । राप्ती नगरपालिका वडा नं ५ मा कोशेली घर निर्माण हुने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा राप्ती नगरपालिका वडा नं ५ मा कोशेली घरको निर्माण हुने वडाध्यक्ष सिताराम तामाङले बताए । पालिकामा उत्पादन भएका सामानहरु प्रर्दशनमा राखिने गरि कोशेलीको घर निर्माण गर्न लागेको उनले बताए । चितवनको पनि राप्ती नगरपालिकामा प्रदेश सरकारले कोशेली घर बनाउने गरी सहयोग गरेको र त्यसमा पनि वडा नं ५ मा निर्माण गर्न पाएकोमा खुशि व्यक्त गरे । जेठ २२ सम्ममा कोशेलीको घर निर्माण भइसक्ने उनले बताए । पालिकाको १३ वटा वडामा उत्पादन भएका वा निर्माण भएका सामाग्रिलाइ हामीले कोशेलीको घरमा प्रर्दशन गर्नेछौ । यसले वाह्य र आन्तारिक पर्यटनको प्रर्वद्धनमा महत्वपुर्ण भुमिका खेल्नेछ । यो सकरात्मक सन्देश दिने काम हो । यसले सिपको सम्मान गर्नेछ । वडा कार्यालय अहिले कोशेली घर छिटो निर्माण गदै प्रर्दशनको तयारीमा रहन हतारोमा रहेको छ । बिशाल न्युजसंगको कुराकानीमा तामाङले पहाडी क्षेत्रमा उत्पादन हुने कला सस्कृती झल्कने तथा कृषि उत्पादनमा आवश्यक सहयोग गर्ने गरी काम हुने बताए ।