राप्ती, २४ बैशाख । राप्ती नगरपालिका वडा नम्बर १ ले पोषण भत्ता वितरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि वडाले गर्भवती तथा सुत्केरी आमा पोषण भत्ता वितरण गरेको हो ।
वडामा रहेका गर्भवती तथा सुत्केरी आमाहरुलाई २ हजार ५ सय नगद वितरण गरिएको हो । कार्यक्रममा ४५ जनालाई भत्ता वितरण गरिएको वडा सचिव कमला मोक्तानले बताइन् ।
कार्यक्रमको अध्यक्षतामा कार्यवाहक वडाध्यक्ष ग्रेस तामाङ रहेकी थिइन् । उनले महिलाहरुको लागि यो समय संवेदनशील रहने भन्दै उचित पोषणको लागि आफूहरुले कार्यक्रमको आयोजना गरेको बताइन् । सुरक्षित मातृत्वका लागि पोषणयुक्त खानेकुराहरु आवश्यक हुने उनको भनाइ थियो ।
यस किसिमको सेवा पाएकोमा लाभान्वितहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले वडा कार्यालयलाई धन्यवाद पनि दिएका छन् ।