विश्व हाँसो दिवस/किराँत समाज सुधार दिवस

spot_img

आज विश्व हाँसो दिवस
सबैलाई थाहा छ कि हाँस्दा राम्रो लाग्छ, तर यी सरल हाँसोहरू हाम्रो दैनिक जीवन र सोच सुधार गर्न कत्तिको मूल्यवान् हुन सक्छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ। हुन त हाँसोले कुनै पनि कुरा या पीडालाई निको पार्न वा समाधान गर्न सक्दैन, तर यसले धेरै कुरा र पीडाहरूलाई छेउ लगाउँदै जीवनको मूल्य आत्मसाथ गर्न मद्दत गर्न सक्छ। विश्व हाँसो दिवस मा यस्तै हाँसो सम्बन्धी कुराहरूलाई चर्चा गरिन्छ ।
आफूलाई खुसी बनाउने र हाँस्ने कारणहरू पत्ता लगाउन आग्रह गर्दै हामी सबैलाई विश्व हाँसो दिवसको शुभकामना ।
कहिले मनाइन्छ हाँसो दिवस ?
मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाइन्छ ।
हाँसो दिवसको पृष्ठभूमि
मे ७ मा मनाइने यस दिवसको प्रथम पटक भने सन् १९९८ मा भारतको मुम्बईमा मनाइएको थियो । हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्दछ । आजको दिनले विश्वबन्धुत्व, भ्रातृत्व अनि शान्तिको पनि वकालत गर्दछ । ल है हाँस्न नभुलौँ अनि हरेक हाँसोमा बाँच्न नभुलौँ ।एक पलमा हजार जीवन अनि एक हाँसोमा हजार खुसी छाइरहोस् । खुसीको खोजी जारी रहोस् । हेरिदिने कोही छ भनेँ पिरमा पनि फुलिदिन्छु ।एउटा सानो फिरफिरे पाउँदा मात्र पनि एउटा बालक हाँस्दछ, मिठो मधुर अनि हजारौँ रुपैयाँले पनि किन्न नसक्ने हाँसो । सन्तानसँग भेट्न पाउँदा एउटी आमा हाँस्दछिन्, करोडौँले पनि खरिद गर्न नसक्ने अर्को हाँसो । विश्वलाई आज केही कुराको कमी छ भने त्यो हो हाँसो । अनि लाखौँ, करोडौँ बैङ्क ब्यालेन्स लिएर बसेको एउटा मान्छे महँगो गाडीमा सुकिलो कपडा लाएर पनि मिठो खानेकुराको भोगमा पनि एक पित्को हाँसो हाँस्न सकिरहेको हुँदैन । हाँसो एउटा यस्तो कडी हो जसले धनीलाई गरिब अनि गरिबलाई पनि धनी बनाउँदछ । महाकविले लेखेकै छन् ।
गरिब भन्छौ सुखको मै छु धनी मिल्दैन कतै पनि
यो एउटा वाक्यांशले हाँसो को अपार व्याख्या गरेको छ, गरिबलाई धनी अनि धनीलाई गरिबमा छुटाउने काम हाँसोले गर्दछ। डोको बोकेको भोको पेट नै भए पनि पीपलको बोट मुनी सुस्ताउँदै एउटा मिठो सुस्केरा सहितको गीत गाई दिन्छ अनि हाँस्दछ अरबौँको हाँसो । हाँसोको यो समीकरणमा उदाहरण सदैव आउँदछ कमलको फुलको अनि गुलाफको फुलको । चाहे हिलोमा होस् या काँडाभित्र रु तर फुल त मुस्कुराउँछ नै, हाँस्छ नै । नारायण गोपालले गाएका गीत उल्लेख गर्न चाह्यौँ । फाँटहरूले कसलाई पुग्छ भीरमा पनि फुलिदिन्छु, म त लालीगुराँसै भएछु । हाँसोको कुरामा हामी सबै फुल अनि लालीगुराँस हुन जरुरी छ । फाँटहरूले मात्र कहाँ पुग्छ र रु भीरहरुमा पनि हाँस्न सक्नुपर्दछ । अब हाँसोको यतिका कुरा गरिसक्दा अब आआफुले आफूलाई नै प्रश्न गरौँ हाम्रो जीवनमा हाँसोहरू कति उधारो राखेका छौँ भनेर रु हाँस्न नभुलौँ है । दिल खोलेर हाँसौँ, हँसाउन सकौँ ।
किराँत समाज सुधार दिवस
किराँतको अर्थ
यर्जुवेदमा किराताँ शब्दको प्रयोग गरिएको छ र संस्कृतमा यस शब्दको अर्थ हो अत्यन्त हसंमुख, अझ सामान्य शब्दमा आकर्षक अनि राम्रा व्यक्तिहरू । यस अर्थमा यी सुरवीर, वीराङ्गना, सिकारी, प्रकृती प्रेमी अनि राम्रा मान्छेहरूको समुदाय किराँत समुदाय अनि संस्कृति एउटा गौरवको विषय हो । अनि प्राचीन कालमा किराँती राजाहरूले शासन गरेका कुराहरू त हामीले पढेकै हौँ, काठमाडौँमा पनि १९६३ वर्ष र ८ महिना किराँती राजाहरूले शासन गरेको प्रमाण छ ।
महाभारतमा किराँतको प्रसङ्ग
प्रथम किराँती राजा यलम्वर हुन भने अन्तिम राजा खिगुलाई मानिन्छ । किराँतहरूको प्राचीन सम्बत येले संबत विक्रम संबत भन्दा पनि लगभग १७८० वर्ष पुरानो छ, यसरी प्राचीन समयको शासन व्यवस्था अनि सुधारात्मक र विकास उन्मुख किराँतीहरूलाई लिच्छवी शासकहरूले सन् १५८ मा विस्थापित गरेका हुन् । महाभारतमा पनि किराँता अर्जुना भन्ने शब्द पाइन्छ, धनुर्विद्या आर्जन गर्न अर्जुनले आफ्नो नाम नै किराँता अर्जुना राखेको तथ्य महाभारत दिएको छ ।
किराँतका मूल देवतालाई तगेरा निगांफुमा भनिन्छ भने काठमाडौँ पशुपतिको किराँतेश्वर महादेवको प्रतिमा र त्यसप्रति किराँतहरूको अथाह श्रद्धाले यस समुदायलाई शिव प्रेमी समुदायका रूपमा पनि लिइन्छ । किराँत धर्म एउटा अत्यन्त व्यवहारिक धर्म अनि सभ्यता हो । संसार भरिनै आफ्नो प्रकृतीप्रेम आचरण अनि साहस का लागि नाम कमाएका यी धर्मावलम्बीहरुले हरेक वर्षको वैशाख २४ गते किराँत समाज सुधार दिवसका रूपमा मनाउँदै आएका छन् ।
किराँत समाजसेवा दिवसको पृष्ठभूमि
किराँत धर्मगुरु तथा नेपालका १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले विक्रम संवत् १९८८ साल वैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवी बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधार का लागि १० बुँदा जारी गरेका थिए । त्यसै दिनको सम्झनामा किराँती समूदायले हरेक वर्ष वैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउँदै आएका छन् । फाल्गुनन्द लिङदेनले जारी गरेका बुँदालाई किराँती समुदायले सत्य धर्म मुचुल्काका रूपमा स्वीकार गरेका छन् । ती १० बुँदा किराँती समुदायमा कायम रहेका कुरीति, कुसंस्कारहरूको अन्त्य गर्न कोशेढुंगो साबित भयो ।
उक्त बुँदाहरूमा सबैले शान्तिको बाटो हिँड्नु पर्ने, कसैलाई हिंसा गर्न नहुने, मिल्दोजुल्दो रूपमा संस्कृति परम्परा चलाउनु पर्ने, अर्काको घर परिवार बिगार्नु नहुने, जाँडरक्सी खान नहुने जस्ता सुधारका प्रमुख बुँदाहरू थिए । अज्ञानतावश कुसंस्कारमा डुबेका किराँती समुदायलाई माथि उठाउन महत्त्वपूर्ण योगदान पु¥याउने फाल्गुनन्द लिङदेनको जन्म जयन्ती कार्तिक २५ गते पर्दछ । यस दिनलाई समेत विशेष दिनका रूपमा मनाउने नेपाल सरकारले निर्णय गरिसकेको छ । फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलाम चार खोलाको चुक्चिनाम्बामा भएको थियो । उति बेला किराँत समुदायमा व्याप्त मद्यपानको समस्याले जरा गाडेको थियो र यस समस्यालाई सुधार गर्न फाल्गुनानन्दले चुम्लुङ ९सभा० डाँके ।
विकृतिका कुरा उठाए र त्यसलाई रोक्न सामाजिक बन्धनयुक्त १० बुँदे दस्ताबेज तयार पारे । नेपालको पूर्वी पहाडी श्रेत्रहरुलाई किराँतहरूको घना बसोबासको क्षेत्रका रूपमा लिन सकिन्छ, सुनसरी जिल्लाको धरानमा रहेको बुढासुब्बा मा भएको टुप्पो नभएको बाँस का रुखहरू अन्तिम लिम्बु राजा बुद्धि कर्ण राय खेवागंले एक फेरमा तीर हानेर हात्ती मार्न नसकेको झोँकमा जथाभाबी तीर चलाएर बाँसको टुप्पाहरू छिनाएको भन्ने विश्वाश पनि छ ।
प्रजातन्त्र पछिको नेपालमा किराँती राजाहरू
२००७ सालको प्रजातन्त्रको उदय पछि लिम्बु राजाहरुलाई दिइएको स्वायत्त अधिकार नेपाल अधिराज्यमा अन्तर्निहित राखिएको हो, लिम्बु भाषामा हाँग भन्नाले राजा भन्ने बुझाउँछ र त्यसपछि लिम्बु हाँगहरु मूलधारको शासन व्यवस्थामा नआएको पाइन्छ ।यस समुदायका लिम्बु मात्र होइनन्, सुनुवार, याक्खा, राई, लिम्बु लगायत पनि हुन् । समग्रमा किराँत समुदायलाई एउटै समुदाय मानिए तापनि दुई फरक मुन्धुम संस्कार रहेको छ । पहिलो परम्परागत मुन्धुम संस्कार हो ।
यस संस्कारमा वली प्रथासम्मको उल्लेख छ भने दोस्रो सत्यहाङ्मा , साम्जिक मुन्धुम संस्कार । यस संस्कार अनुसार भने वलिप्रथा र मद्यपानलाई पूर्ण रूपमा अस्वीकार गरिएको छ । यसको संस्कार अर्थात् मुन्धुम लिखित पनि छ । महागुरु फाल्गुनन्दले आयोजना गरेको चुम्लुङ सभा ले समाज सुधारको मुचुल्का जारी गरेपछि गाउँ(गाउँमा मन्दिर तथा पाठशालाहरू बन्न थाले । बालबालिकाहरूलाई लेखपढ गर्न सिकाउने, छोरा र छोरीलाई बराबरी व्यवहारको थालनी भयो । छोरी चेलीको सोतर सित खाने चलन हट्दै गयो । मृत्यु र सुतक ३ दिन र मृत्युपछि किरियापुत्रीले ९ दिन बार्ने चलन बस्यो । उनको यही सामाजिक योगदानलाई कदर गर्दै नेपाल सरकारले फाल्गुनन्द लिङदेनलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।
किराँती समुदायका परम्परागत खेलका आधारमा बनाइएका विश्व प्रसिद्ध कम्प्युटर गेमहरूको निर्माण
किराँती समुदायको धनुवाँण लगायतका प्राचीन जीवनशैलीहरूलाई आधार मानेर विश्व प्रसिद्ध कम्प्युटर खेल निर्माण कम्पनी यूनिसफ्टले फार क्राई फोर भन्ने भिडियो गेम पनि निर्माण गरेको छ । यसका अलावा टेम्पल रन आदि थुप्रै अन्य प्राचीन संरचना देखाउने गेमहरूमा किराँती जीवनशैली र बहादुरतालाई उतारिएको छ है । नेपालको शान यस समुदायका सबैलाई उत्तरोत्तर प्रगतिको कामना । सम्पूर्ण किराँत दाजुभाइ दिदीबहिनी, आमा बुबा, भाइबहिनीमा हार्दिक नमन अनि हामी सबैलाई शुभकामना, किराँत समाज सुधार दिवसको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार